थप ४१६ जनामा सङ्क्रमण पुष्टि, २७० जना कोरोना मुक्त

डिसी नेपाल
२९ कार्तिक २०७८ १६:४९

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४१६ जनामा कोरोना भाइरससङ्क्रमण पुष्टी भएको छ । ७ हजार ५५४ जनाको पीसीआर परीक्षण गर्दा ३६७ र ४ हजार ८४८ जनाको एन्टिजेन परीक्षण गर्दा ४९ जनामा कोरोना पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा २७० जना कोरोना मुक्त भएका छन् । यसैगरी, पछिल्लो २४ घण्टामा १ जना सङ्क्रमितको मृत्यु भएको छ । हाल देशभर ७ हजार ३११ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.७ प्रतिशत रहेको जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *