सर्वोच्च परिसरमा समाचार सङ्कलनका क्रममा पुर्‍याइएको अवरोधप्रति महासङ्घको ध्यानाकर्षण

डिसी नेपाल
२९ कार्तिक २०७८ २०:४९

काठमाडौं । सर्वोच्च अदालत परिसर र परिसरबाहिर समाचार सङ्कलन गर्न गएका पत्रकारलाई पुर्‍याइएको अवरोधको घटनाप्रति नेपाल पत्रकार महासङ्घले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पछिल्लो समय न्याय क्षेत्रमा देखिएको विकृतिको समाचार सङ्कलन गर्ने क्रममा पत्रकारलाई अदालत र प्रहरी प्रशासनबाट अवरोध पुर्‍याउने र दुर्व्यवहार गर्ने गरेको आज महासचिव रोशन पुरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

विगत केही समयदेखि न्याय क्षेत्रमा देखिएको विकृतिको अन्त्य र सर्वोच्च अदालतका प्र्रधानन्यायाधीशको राजीनामाको माग गर्दै नेपाल बार एसोसिएशनले विगत केही दिनदेखि शान्तिपूर्ण आन्दोलन गरिरहेको छ । स्वतन्त्र रूपमा समाचार सङ्कलनमा जुटेका पत्रकारमाथि अदालत र प्रहरी प्रशासनबाट भएको कार्य निन्दनीय हुनाका साथै पत्रकारको संवैधानिक स्वतन्त्रता र अधिकारमाथिको हस्तक्षेप भएको बताइएको छ ।

महासङ्घ पत्रकारको संवैधानिक स्वतन्त्रताको सम्मान गरी निर्बाध र स्वतन्त्र रूपमा पत्रकारिता गर्ने वातावरण निर्माणमा सहयोग गर्न सम्बन्धित निकायसँग आग्रह गर्दछ । सर्वोच्च अदालतमा देखिएको गतिरोधप्रति महासङ्घ गम्भीर चासो र चिन्ता प्रकट गर्दछ । शक्ति पृथकीकरणको सिद्धान्तको सही अभ्यासमा गम्भीर हुन महासङ्घले सम्बन्धित निकायको ध्यानाकर्षण पनि गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *