सामान्य विवादमा भाइले गरे दाजुुको हत्या

डिसी नेपाल
२९ कार्तिक २०७८ २१:२८

काठमाडौं । इलामको सन्दकपुर गाउँपालिका–१, चाँपगैरीमा घरायशी विवादमा भाइले दाजुुको हत्या गरेका छन् । स्थानीय ३० वर्षे चक्र मुखियाले दाजुु ३५ वर्षे इच्छा मुखियालाई धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

‘घरमै बसेर सबै जनाले मादक पदार्थ सेवन गरेका रहेछन् सामान्य विवादमै भाईले दाजुको हत्या गरेको पाइयो’, जिल्ला प्रहरी कार्यालय इलामका एसपी महेन्द्र श्रेष्ठले बताए ।

सोमबार साँझ करिब ६ः४० बजेतिर आफ्नै काका मानबहादुर मुखियाको घरमा सबैजना मादक पदार्थ पिएर बसिरहेका बेला साामन्य वादविवाद भएको थियो। त्यही क्रममा चक्रले चक्कु प्रहार गर्दा इन्छाको मृत्यु भएको थियो । भाइको चक्कु प्रहारबाट गम्भीर घाइते इच्छाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी पाएपछि देउरालीस्थित बन्दुके प्रहरी चौकी, बिब्ल्याँटे अस्थायी प्रहरी पोस्ट र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थल गएको एसपी श्रेष्ठ बताए । चक्कुु प्रहार गर्ने चक्रलाई नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय ल्याइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *