१६ वर्षकी एउटी किशोरीमाथि ४ सय जनाले बलात्कार, २ महिनाकी गर्भवती छिन् पीडित

डिसी नेपाल
३० कार्तिक २०७८ ११:२२

काठमाडौं। समाजमा बलात्कारका घटनाहरु अझै पनि भइरहेका छन् । यस्ता घटनामा कहिले एक्लैले कहिले केही जनाको समूहले समेत बलात्कार गरेका घटना हामीले सुनेका छौं । तर, एउटै किशोरीलाई ४ सय जनाले बलात्कार गरेको डरलाग्दो घटना समर्वजनिक भएको छ । समाचार एजेन्सी एएनआइका अनुसार भारतको महाराष्ट्रको बीडमा ती बालिकालाई ४ सय जनाले बलात्कार गरेका हुन् ।

पुलिसले यो घटनामा मुद्दा दर्ता गरेर कारवाही अगाडि बढाएको छ । समाचार अनुसार किशोरीको उमेर १६ वर्ष हो । उनलाई ६ महिनाको अवधिमा ४ सयभन्दा धेरैले बलात्कार गरेका हुन् । बीडका एसपी राजा रामास्वामीले घटनाबारे जानकारी दिँदै एउटी किशोरीलाई ४ सय जनाले बलात्कार गरेको मुद्दा दर्ता गरिएको बताए । उनका अनुसार बलात्कारको क्रम विगत ६ महिनादेखि चलिरहेको थियो ।

एसपी रामास्वामीका अनुसार बलात्कार गर्नेहरुमा पुलिसहरु पनि थिए । पीडित किशोरीले बाल कल्याण समितिको प्रथम श्रेणी मजिस्ट्रेटलाई भनेकी छिन् ‘मसँग कैयौं व्यक्तिहरुले दुर्व्यवहार गरेका छन् । म उजुरी दर्ता गर्न कैयौं पटक अंबाजोगइ पुलिस स्टेशन गए तर पुलिसले नै मेरो पिछा गर्थे । मेरो कुरा सुनेपछि पनि दोषीहरुमाथि कुनै कारवाही गरिएन । यति मात्र होइन मलाई पुलिस कर्मचारीले नै प्रताडित गरे ।’

अहिले भने यो केसमा कारवाही सुरु भएको छ । अहिलेसम्म पुलिसले ३ जनालाई गिरफ्तार गरेको छ । पीडित किशोरीको बिहे पनि भइसकेको छ । उनी दुई महिनाकी गर्भवती छिन् । उनको बयानको आधारमा बालविवाह ऐन, दुष्कर्म, छेडखानी र पोस्को एक्ट अन्तर्गत मुद्दा दर्ता गरिएको छ । पुलिसले यस विषयमा जाँच गरिरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *