सुनको मूल्य प्रतितोला ५०० ले बढ्यो

डिसी नेपाल
३० कार्तिक २०७८ १२:३४

काठमाडौं।नेपालको सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ५०० ले बृद्धि भएर ९४ हजार ८०० कायम भएको छ । सोमबार सुन प्रतितोला ९४ हजार ३०० मा कारोबार भएको थियो ।नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ३०० रहेको छ ।

अघिल्लो दिन तेजाबी सुन प्रतितोला ९३ हजार ८०० तोकिएको थियो ।त्यस्तै आज चाँदीको मूल्य सोमबारका तुलनामा १० ले वृद्धी भएर एक हजार २९० कायम भएको महासंघले जनाएको छ । चाँदी शुक्रबार प्रतितोला रू एक हजार २८० मा कारोबार भएको थियो । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८६६ डलर आसपासमा कारोबार भइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *