अमेरिकाले भारतमाथि आर्थिक सहित कैयौं प्रतिबन्ध लगाउने

डिसी नेपाल
३० कार्तिक २०७८ १३:१५

काठमाडौं। अमेरिकाले भारतमाथि आर्थिक सहित कैयौं प्रतिबन्ध लगाउने भएको छ । भारतले केही समय पहिले रुससँग एस–४०० मिसाइल डिफेन्स सिस्टम किन्ने सम्झौता गरेको थियो । सम्झौताअनुसार रुसले भारतलाई यो मिसाइल डिफेन्स सिस्टम दिन सुरु गरेपछि अमेरिकाले प्रतिबन्ध लगाउने भएको हो । केही समय पहिले अमेरिकाका केही सांसदहरुले भारतको पक्षमा एउटा संशोधन पनि पेश गरेका थिए तर अमेरिकाले भारतलाई प्रतिबन्ध छुट दिनेतर्फ कुनै कदम उठाएको छैन ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताका अनुसार रुससँग एस–४०० मिसाइल डिफेन्स सिस्टम किनेपछि भारतमाथि लगाइने प्रतिबन्धमा छुट दिनेबारे अमेरिकाले कुनै निर्णय गरेको छैन । उनले यो कुरामा पनि जोड दिए कि ‘काउन्टरिङ अमेरिकाज एडभर्सरिज थ्रु सेंक्सन एक्ट (कात्सा) मा कुनै खास देशलाई विशेष छुट दिने प्रावधान नै छैन जसको अर्थ भारतले मात्रै प्रतिबन्धमा छुट पाउने सम्भावना देखिँदैन ।

टाइम्स अफ इण्डियाका अनुसार अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले भने ‘हामी आफ्ना सबै सहयोगीहरु र साझेदारहरुलाई रुससँग यस्ता सम्झौता नगर्न आग्रह गर्छौं जसका कारण कात्सा एक्ट अन्तर्गत प्रतिबन्ध लगाउने खतरा हुन्छ । हामीले भारतसँग रुसी हतियारको लेनदेनको सम्बनधमा सम्भावित छुटका विषयमा कुनै निर्णय गरेका छैनौं । कात्सामा कुनै किसिमको छुटको प्रावधान छैन । भारतले किनेका रुसी एस–४०० मिसाइल डिफेन्स सिस्टम कात्साको दायरामा आउन सक्छन् ।’

अमेरिकाले कात्सा अन्तर्गत इरान, उत्तर कोरिया र रुसमाथि प्रतिबन्ध लगाएको छ । कात्सा कानुन अनुसार अमेरिकाले ती देशहरुमाथि पनि प्रतिबन्ध लगाउँछ जसले रुससँग महत्वपूर्ण रक्षा सम्झौता गर्छन् । २०१४ मा रुसले क्रिमियामा गरेको कब्जा र २०१६ मा अमेरिकी राष्ट्रपति निर्वाचनमा गरेको हस्तक्षेपपछि अमेरिकाले यो कानुन बनाएको हो ।

यसअघि अमेरिकाकी उपविदेशमन्त्री वेंडी शर्मनले नयाँ दिल्लीमा पत्रकारहरुसँग भनेकी थिइन् ‘जुनसुकै देशले एस–४०० प्रयोग गर्ने निर्णय गर्छ उनीहरुको सम्बनधमा हाम नीति सार्वजनिक रहेका छन् । हामीलाई यो खतरनाक छ र कसैको पनि सुरक्षा हितमा छैन भन्ने लाग्छ ।’ रुससँग एस–४०० मिसाइल डिफेन्स सिस्टम किनेकै कारण अमेरिकाले टर्कीमाथि प्रतिबन्ध लगाइसकेको छ । जबकि टर्की नाटोको सदस्य देश हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *