टिकाभैरवमा बन्ने प्रहरी चौकी भवन शिलान्यास

डिसी नेपाल
३० कार्तिक २०७८ १५:५४

काठमाडौं । ललितपुरको टिकाभैरवमा प्रहरी चौकी भवन बन्ने भएको छ । मामहानगरीय प्रहरी वृत्त चापागाउँ, तालुक कार्यालयहरु र स्थानिय तहको समन्वय र सक्रियतामा प्रहरी चौकी टिकाभैरवको नाममा २ रोपनि १० आना जग्गाको लालपूर्जा प्राप्त भएपछि त्यहाँ प्रहरी चौकी भवनको शिलन्यास भैसकेको छ ।

गोदावरी नगरपालिका लगायत गोदावरी नगरपालिका वडा न. ६,७,९ र वागमती गाउँपालिका लगायत वडा न. १ घुसेलसँगको समन्वयमा प्रहरी चौकी टिकाभैरवको नयाँ भवन निर्माणको लागि गोदावरी नगरपालिका लगायत वडाहरुबाट पच्चिस लाख वजेट विनियोजन भएपछि भवन शिलन्यास भएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

सो भवन निर्माणका लागि वागमती गाउँपालिका लगायत वडाबाट समेत केही बजेट विनियोजन गर्ने आश्वासन प्राप्त भएको भएपछि भवन निर्माणको लागि टिकाभैरवकै स्थानीय गंगाराम श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय भवन निर्माण उपभोक्ता समिति गठन भैसकेको छ । साढे २ तलाको भवन वनाउने भनि गोदावरी नगरपालिकाको प्राविधिक टोलिबाट नक्सा तयार गरिसकेको छ ।

सो भवन निर्माणका लागि गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन र महानगरीय प्रहरी परिसर जावलाखेलका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) किरण बज्राचार्यले संयुक्त रुपमा प्रहरी चौकी टिकाभैरवको नयाँ भवन निर्माणको शिलान्यास गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *