३७७ जना नयाँ सङ्क्रमित थपिए, ४ जनाको मृत्यु

डिसी नेपाल
३० कार्तिक २०७८ १६:२८

काठमाडौं । पछिल्लो २४ घण्टामा ३७७ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । ६ हजार ५०५ जनामा पीसीआर परीक्षण गरिएकोमा ३३९ जनामा र २ हजार ६४४ जनामा एन्टीजेन परीक्षण गर्दा ३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.७ प्रतिशत रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा १७० जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।सोही अवधिमा चार जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ४८२ पुगेको छ ।

यसैगरी देशमा हालसम्म सात हजार ४७६ जना सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा ७९ हजार ५६९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *