छोरीले प्रेम विवाह गरेपछि रिसाएका पिताले छोरीलाई बलात्कार गरेर मारिदिए

डिसी नेपाल
३० कार्तिक २०७८ १६:५६

काठमाडौं। छोरीले प्रेम विवाह गरेपछि रिसाएका एक पिताले छोरीलाई पहिले बलात्कार गरेर त्यसपछि हत्या गरेका छन् । ती पिताले छोरीसँगै तिनै छोरीका ८ महिनाका छोरा अर्थात आफ्ना नातीलाई समेत मारिदिएका छन् । भारतको मध्य प्रदेशको राजधानी भोपालको समसगढमा भेटिएको महिला र बालकको शवको अनुसन्धानपछि पुलिसले महिलालाई मार्नुअघि बलात्कार गरिएको र बलात्कार उनै महिलाका पिताले गरेको खुलासा गरेको फ्रि प्रेस जर्नलले जनाएको छ

२ दिनअघि समसगढको जंगलमा महिला र बालकको क्षत विक्षत शव भेटिएको थियो । पुलिसले अनुसन्धानमा महिला सिहोर जिल्लाको बिलकिसगंजकी भएको र बालक महिलाका छोरा भएको पत्ता लगायो । यही आधारमा अनुसन्धान गर्दै जाँदा महिलाले एक वर्ष पहिले प्रेम विवाह गरेको र यसबाट परिवार खुसी नभएको खुलासा भयो । परिवारसँग सोधपुछ गर्दा पितामाथि शंका भयो । सोधपुछमा पिताले आफ्नो अपराध स्वीकार गरे ।

पिताका अनुसार छोरी बिहेपछि नै माइती आएकी थिइनन् । यस पटक दिवालीमा उनी आफ्नी दिदीकहाँ गएकी थिइन् । दिवालीका दिन उनका ८ महिनाका छोराको मृत्यु भएपछि दिदीले पितालाई फोन गरेर सहयोग मागेकी थिइन् । त्यसपछि पिता आफ्ना छोरालाई लिएर जेठी छोरीकहाँ गए । त्यहाँबाट उनी नातीको शव गाड्न छोरीलाई लिएर जंगलमा गए । त्यहाँ उनीहरुबीच बहस भयो र पिताले छोरीलाई बलात्कार गरेर मारिदिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *