भारतमा कोभिड संक्रमण दर निरन्तर घट्दो
नयाँ दिल्ली। भारतमा कोभिड संक्रमण दर निरन्तर घटिरहेको छ। कूल संक्रमितमध्ये ० दशमलब ३९ प्रतिशत मात्र संक्रीय संक्रमित रहेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अहिलेको संक्रमण दर सन् २०२० को मार्च महिनापछिकै न्यून देखिएको छ। त्यस्तै, संक्रमणबाट निको हुने दर पनि निरन्तर बढिरहेको छ।
अहिले कोभिड संक्रमणबाट निको हुने दर ९८ दशमलब २६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । यो दर सन् २०२० पछिकै उच्च हो। भारतमा अझै पनि १ लाख ३६ हजार संक्रमित छन्। अहिले औषतमा दैनिक १० हजार संक्रमित भेटिएका छन्। भारतमा कोभिडबाट अहिलेसम्म ४ लाख ६३ हजारभन्दा बढीको मृत्यु भएको छ।
खोप अभियान तीब्र पारिएसँगै कोभिडबाट संक्रमित हुनेहरूको संख्या पनि निरन्तर घटिरहेको स्वास्थ्य अधिकारीहरुले बताएका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment