जीपको ठक्करबाट एक जनाको मृत्यु

डिसी नेपाल
१ मंसिर २०७८ ९:५४

मकवानपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–९ मा गएराति जीपको ठक्करबाट एक जनाको मृत्यु भएको छ । पथलैयाबाट हेटौँडातर्फ आउँदै गरेको ना३च ११९३ नम्बरको बोलेरो जीपले विपरीत दिशाबाट गइरहेको ना३४प ६०४४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक पुरुषको मृत्यु भएको हो ।

प्रहरी प्रवक्ता जयश्वर रिमालका अनुसार मकवानपुरको कैलाश गाउँपालिका–४ कालिकाटारका २४ वर्षीय अबिरल रिजालको मृत्यु भएको हो ।दुर्घटनामा परी गम्भिर घाइते उनको हेटौँडा अस्पतालमा मृत्यु भएको हो ।

रिजालको शव परीक्षणका लागि सोही अस्पतालमा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *