बुधबारको विदेशी मुद्राको विनिमय दर यस्तो छ

डिसी नेपाल
१ मंसिर २०७८ ११:०७

काठमाडौं। नेपाल राष्ट्र बैंकले बुधबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११८ रुपैयाँ ७० पैसा र बिक्री दर ११९ रुपैयाँ ३० पैसा कायम गरेको छ।

युरोपियन यूरो एकको खरिद दर १३४ रुपैयाँ ८७ पैसा र बिक्री दर १३५ रुपैयाँ ५५ पैसा छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५९ रुपैयाँ ८१ पैसा र बिक्री दर १६० रुपैयाँ ६१ पैसा रहेको छ। यस्तै, स्वीस फ्रेङ्क एकको खरिद दर १२८ रुपैयाँ ०१ पैसा र बिक्री दर १२८ रुपैयाँ ६६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ १३ पैसा र बिक्री दर ८७ रुपैयाँ ५७ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९४ रुपैयाँ ७७ पैसा रहेको छ भने बिक्री दर ९५ रुपैयाँ २५ पैसा छ।

जापानी येन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ३९ पैसा र बिक्री दर १० रुपैयाँ ४५ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ५९ पैसा र बिक्री दर १८ रुपैयाँ ६९ पैसा रहेको छ राष्ट्र बैंकले जनाएको छ।

यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३१ रुपैयाँ ६४ पैसा र बिक्री दर ३१ रुपैयाँ ८० पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३२ रुपैयाँ ५९ पैसा र बिक्री दर ३२ रुपैयाँ ७६ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ । त्यस्तै, मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ४९ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ६४ पैसा रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *