जोडीले प्यारासेलिङको मजा लिइरहेका बेला हावामै डोरी चुँडियो

डिसी नेपाल
१ मंसिर २०७८ १२:३६

काठमाडौं। एक जोडीले प्यारासेलिङको मजा लिइरहेका बेला अचानक डोरी चुँडिएको छ । यो घटनाको भिडियो पनि रेकर्ड भएको छ र यो भिडियो सामाजिक संजालमा निकै भाइरल भइरहेको छ । यो भिडियो गुजरातको नगवा बीचको भएको बताइएको छ । आइतबार बिहान गुजरातको जुनागढका यी दुईजना प्यारासेलिङ गर्न गएका थिए ।

प्यारासेलिङका क्रममा उनीहरु केही बेरसम्म हावामा माथिसम्म उडे त्यही बेला अचानक डोरी चुँडिएपछि उनीहरु समुद्रमा खसेका छन् । तत्काल लाइफ गार्डले उनीहरुलाई समुद्रबाट उद्धार गरेका छन् । घटनापछि यो जोडी निकै डराएको बताइएको छ । यसरी दुर्घटनामा पर्ने जोडी स्वास्थ्यकर्मी अजित कथाड र उनकी पत्नी भएको बताइएको छ ।

घटनापछि अजितका भाइ राकेशले बताएअनुसार घटनाको बेला उनी मोटरबोटमा थिए । घटनापछि प्यारासेलिङ कम्पनीका मालिक मोहन लक्ष्मणले टाइम्स अफ इण्डियासँग कुरा गर्दै ३ वर्षमा पहिलो पटक यस्तो दुर्घटना भएको बताए । अजित कथाड र उनको परिवारले यो घटनापछि कम्पनीमाथि लापरवाहीको आरोप लगाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *