कोरोनाको खोप लगाएपछि नकारात्मक असर गरेका १० हजार जनालाई क्षतिपूर्ति

डिसी नेपाल
१ मंसिर २०७८ १५:४३

काठमाडौं। कोरोनाभाइरस भ्याक्सिन लगाएपछि यसको साइड इफेक्ट अर्थात नकारात्मक असर देखिएका कम्तीमा १० हजार जना अस्ट्रेलियनहरुले सरकारसँग क्षतिपूर्ति मागेका छन् । यहाँको सरकारले नो फल्ट इन्डेम्निटी स्किम नामको क्षतिपूर्ति योजना सुरु गरेको थियो । यो योजना अनुसार १० हजार जनाभन्दा धेरैले सरकारसँग क्षतिपूर्ति मागेका हुन् ।

सिड्नी मर्निङ हेराल्डका अनुसार अस्ट्रेलियाको सरकारले करिब १० हजार जनालाई क्षतिपूर्तिको रुपमा लाखौं रुपैयाँ दिनुपर्नेछ । योजनाका अनुसार यस्ता जनतालाई क्षतिपूर्ति दिनुपर्नेछ जसलाई कोरोना खोप लगाएपछि साइड इफेक्ट भयो त्यसपछि उनीहरु अस्पतालमा भर्ना भए वा उनीहरुले जागिर गुमाए ।

क्षतिपूर्ति ५ हजार डलरबाट सुरु हुन्छ । यो क्षतिपूर्ति उपचारको खर्च र आम्दानीमा नोक्सानीस्को हिसाब गरेर दिइन्छ । यस्तोमा सरकारले करिब ५० मिलियन डलर मुआब्जाको रुपमा दिनुपर्नेछ ।

अस्ट्रेलियाको चिकित्सकिय सामान प्रशासन टिजीएका अनुसार यहाँ कोरोनाभाइरस खोपको ३६.८ मिलियन डोज लगाइएको छ । यीमध्ये खोप लगाएपछि साइड इफेक्ट भएका ७९ हजार केस रिपोर्ट गरिएका छन् । यीमध्ये १० हजारभन्दा धेरैले क्षतिपूर्तिको मागदावी गरेका छन् । कुल केसहरुमा हात दुख्ने, टाउको दुख्ने, ज्वरो र चिसो लाग्ने जस्ता सामान्य साइड इफेक्ट पनि छन् ।

टिजीएमा २८८ यस्ता रिपोर्ट आएका थिए जसलाई मुटु सम्बनधी समस्या भएको थियो । यी सबैलाई फाइजरको खोप लगाइएको थियो । एस्ट्राजेनेकाको खोपपछि रगतका डल्ला जम्ने भएका पनि १६० केस आएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *