नाबालिकालाई यौन कार्यमा लगाएको आरोपमा कोटेश्वरबाट एकजना पक्राउ

डिसी नेपाल
१ मंसिर २०७८ १६:३७

काठमाडौं । नाबालिकालाई जबरजस्ती यौन कार्यमा लगाएको आरोपमा कोटेश्वरबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । कोटश्वर ३२ स्थित एक नेवारी खाजा घरमा काम लगाउने बहानामा जबरजस्ती यौन कार्यमा लगाउने गुल्मी लिम्घा गाविस ४ हाल सत्यावती गाउँपालिका ४ घरी भई हाल ललतिपुर महालक्ष्मी नगरपालिका २ इमाडोल बस्ने ५२ वर्षीय नेत्रलाल ज्ञवालीलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो ।

व्यूरोका अनुसार ०७८ साल बैशाखको दोस्रो हप्ता देखि बन्धक बनाई १६ वर्षीया बालिकालाई डर, त्रास र धम्की दिई अभियुक्तले परपुरुषसँग शारिरीक सम्बन्ध राख्न लगाएको जनाएको छ ।

प्रहरीले ती बालिकालाई उद्धार गरी खाजाघर सञ्चालक ज्ञावालीलाई पक्राउ गरेको हो । काठमाडौं जिल्ला अदालतबाट म्याद थप लिई प्रहरीले ज्ञवालीविरुद्ध थप अनुसन्धान गरिरहेको छ व्यूरोले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *