प्रेमी भएका युवतीले सुन्दरी प्रतियोगितामा भाग लिन नपाउने

डिसी नेपाल
१ मंसिर २०७८ १६:३८

काठमाडौं। सौन्दर्य प्रतियोगितामा प्रेमी भएका युवती र गर्भवतीलाई भाग लिन रोक लगाइएपछि एउटा सौन्दर्य प्रतियोगिताको कडा आलोचना भइरहेको छ । यो सौन्दर्य प्रतियोगिताले यसै साता सहभागहिरुका लागि विज्ञापन गरेको थियो तर यसले राखेका शर्तहरुको कारण यसको कडा आलोचना भएको हो ।

ग्रामीण मेक्सिकोमा हुने यो सौन्दर्य प्रतियोगितामा सहभागी हुन चाहने महिला १७ देखि २२ वर्ष उमेरका, प्रेमी नभएका, गर्भवती नभएका र कहिल्यै बिहे नगरेका र कहिल्यै कुनै पार्टनरसँग पनि नबसेका हुनुपर्ने शर्त राखिएको थियो । यो प्रतियोगिताको विजेताले १० हजार पेसो (५७ हजार नेपाली रुपैयाँ) उाने भनिएको थियो ।

मेक्सिकोको उत्तरी राज्य जाकातेकासको भिल्ला गार्सिया नगरपालिकाको सरकारी फेसबुक पेजमा यो विज्ञापन पोस्ट गरिएको थियो । भाइसमा प्रकाशित एक रिपोर्टअनुसार यो विज्ञापन प्रकाशित भएसँगै सामाजिक संजालमा यसको कडा आलोचना हुन थाल्यो । आलोचनापछि पोस्ट हटाइएको छ र अब यो प्रतियोगिता हुने वा नहुने निश्चित छैन ।

कानुन व्यवसायी तथा स्थानीय महिला अधिकारकर्मी क्रिस्टेला त्रेजो ओर्टिजले स्थानीय मिडिया एल सोल डे जाकातेकाससँग कुरा गर्दै भनिन् ‘हामीले यस्ता परिस्थितिमा प्रत्यक्ष वा अप्रत्यक्ष मानव तस्करी, हिंसा र अन्य अपराधहरु देखिरहेका छौं ।’ उनले यस्ता सौन्दर्य प्रतियोगिताहरुलाई प्रतिबन्ध लगाउनुपर्ने बताइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *