उत्कृष्ठ आयकर बुझाउने सम्मानित

डिसी नेपाल
१ मंसिर २०७८ १७:३०

काठमाडौं ।दशौं कर सप्ताहअन्तर्गत जिल्लामा विभिन्न कार्यक्रमको आयोजना गरिने भएको छ । सो अवसरमा आर्थिक वर्ष २०७६/७७ मा उत्कृष्ठ आयकर बुझाउने नारायणी सामुदायिक अस्पताललाई सम्मान गरिएको थियो । यस्तै उत्कृष्ठ कार्यसम्पादन गर्ने दुईजना कर्मचारीलाई समेत सम्मान गरिएको थियो । यसअघि उद्योग वाणिज्य सङ्घ चितवनबाट प्रभातफेरी निकालिएको थियो ।

कार्यालयका प्रमुख घनश्याम पन्थीले चालू आर्थिक वर्षको हालसम्म लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गर्न सफल भएको जानकारी दिए । राजस्व सङ्कलनमा देशको चौंथो स्थानमा पर्न सफल भएको यस कार्यालयले चालू आर्थिक वर्षको कात्तिक महिनासम्ममा रु ६ अर्ब ४९ करोड ६५ लाख २३ हजार राजस्व सङ्कलन भएको उनले जानकारी दिए ।

कात्तिकसम्मको राजस्व सङ्कलनका लागि विभागले कार्यालयलाई रु पाँच अर्ब २० करोड ९७ लाख १२ हजार लक्ष्य दिएको थियो । सङ्कलित रकम लक्ष्यको २४ दशमलब ७० प्रतिशतले बढी हो । उनका अनुसार कार्यालयले कात्तिक मसान्तसम्म आयकरतर्फ रु ७२ करोड ५६ लाख १८ हजार, घरबहाल करतर्फ रु ९८ लाख ३८ हजार, ब्याजकरतर्फ रु दुई लाख ३८ हजार, मूल्य अभिवृद्धि करतर्फ ५७ करोड चार लाख ६५ हजार, अन्तशुल्कतर्फ रु पाँच अर्ब १४ करोड तीन लाख ५५ हजार, स्वास्थ्यसेवा करतर्फ रु नौ हजार र शिक्षा सेवा करतर्फ रु दुई हजार राजस्व सङ्कलन भएको छ । कार्यालयअन्तर्गत एक लाख ४६ हजार ५५१ करदाता रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *