कृषि आधुनिकीरण परियोजनाको प्रगति समीक्षा

डिसी नेपाल
१ मंसिर २०७८ १८:३५

काठमाडौं ।प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको त्रैमासिक प्रगति समीक्षा भएको छ । परियोजना कार्यान्वयन समन्वय एकाइ मोरङले ‘स्थानीयतहबाट सञ्चालित पकेट, ब्लक विकास कार्यक्रम’को समीक्षा गरेको हो ।

प्रत्येक स्थानीयतहमा सञ्चालित पकेट र ब्लकअन्तर्गत भएका काम र गर्न बाँकी रहेका कामका विषयमा जानकारी हासिल गर्ने उद्देश्यले आज आयोजित समीक्षा कार्यक्रममा बेमौसमी वर्षाले किसानले लगाएका धेरै अन्नबाली, फलफूल, तरकारीलाई नष्ट गरेको जानकारी गराइएको छ । स्थानीयतहमा ब्लक र पकेटअन्तर्गत आलु, मकै, धान, गहुँ, बङ्गुर, बाख्रापालनजस्ता विषयमा पालिकामा रहेका कृषि अधिकृत एवं कर्मचारी विनोद दाहाल, शुभनारायण यादव, पर्वत साह, प्रकाश अधिकारी, कृषि ज्ञान केन्द्र मोरङका नुनुलाल उराँवलगायतले भएका प्रगतिबारे जानकारी गराए ।

सो अवसरमा जिल्ला समन्वय समिति मोरङका संयोजक नरेशकुमार पोखरेलले ब्लक र पकेट कार्यविधिलाई पूर्णपालना गरी कार्यक्रमका लागि स्वीकृत बजेट समयमै खर्च गर्न निर्देशन दिए । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन समन्वय एकाइका प्रमुख विनोद मण्डलले आजको कार्यक्रमले एकअर्कामा समन्वय गर्न, समस्या समाधान गर्न र काम जुट्न उत्साह बढेको कुरामा जोड दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *