ज्वाइँले ससुराली गएर खानामा विष मिसाइदिएर हिँडे, श्रीमतीको मृत्यु, अरुको अवस्था गम्भीर

डिसी नेपाल
२ मंसिर २०७८ ८:५४

काठमाडौं। माइतीमा बस्दै आएकी श्रीमतीसँग रिसाएका ज्वाइँले ससुरालीमै गएर खानामा विष मिसाइदिएर हिँडे । त्यो खाना खाएपछि उनकी श्रमितीको मृत्यु भएको छ । उनकी छोरी, साली र ससुरा गम्भीर अवस्थामा अस्पतालमा भर्ना भएका छन् । उत्तर प्रदेशको इटावामा दाइजोको माग गर्दै घरमा हिंसा भएपछि ती महिला छोराछोरीसहित माइतीमा गएर उतै बस्दै आएकी थिइन् ।

भारतीय मिडियाका अनुसार आरोपीलाई हिरासतमा लिएर सोधपुछ भइरहेको छ । इटावा जनपदको सैफइ थाना क्षेत्रमा नगला सुभान षेत्रकी सरिताको विवाह २०१५ मा फिरोजाबादका प्रमोदसँग भएको थियो । बिहेलगत्तै प्रमोदले दाइजोको लागि सरितालाई प्रताडित गर्न थाले । १० महिना पहिले सरितालाई उनका माइतीले सैफइ लिएर आएका थिए ।

बदला लिनको लागि प्रमोदले ससुराली आएर आटा, दुध, चामल, दही र अन्य खाने सामग्रीमा कुनै विषालु पदार्थ मिसाइदिएका थिए । यो खानेकुरा खाएपछि सरिताको मृत्यु भयो । गम्भीर अवस्थामा परिवारका अन्य सदस्यलाई सैफइ ट्रमा सेन्टरमा भर्ना गरिएको छ । पुलिसका अनुसार खाने सामग्री फरेन्सिक जाँचको लागि पठाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *