उत्कृष्ट करदाताका रुपमा छैटौँ पटक सम्मानीत भए रोल्पाका एक युवा

डिसी नेपाल
२ मंसिर २०७८ ९:३५

काठमाडौं । रोल्पाका एक युवा व्यवसायी लगातार छैटौँ पटक जिल्लाकै उत्कृष्ट करदाताका रुपमा सम्मानित भएका छन् । रोल्पा नगरपालिका–४ का युवा व्यवसायी सागर विक्रम डाँगी जिल्लाकै सबैभन्दा बढी कर दाखिला गर्ने व्यवसायीका रुपमा करदाता सेवा कार्यालय प्युठानबाट छैटौँ पटक सम्मानित भएका हुन् ।

करदाता सेवा कार्यालय प्युठानले डाँगीलाई आर्थिक वर्ष २०७६/०७७ मा रोल्पाकै सबैभन्दा बढी कर दाखिला गर्ने करदाताका रुपमा सम्मान गरेसँगै उनी लगातार छैटौ पटक सम्मानित भएका हुन् । रोल्पा–४ स्थित शुभम ट्रेडर्सका प्रोपराइटर डाँगीले हार्डवयरका साथै निर्माण व्यवसायको समेत काम गरेका छन् ।

प्रोपाइटर डाँगी आर्थिक वर्ष २०७१/०७२ देखि लगातार जिल्लाकै सबैभन्दा बढी कर दाखिला गर्ने व्यवसायीका रुपमा सम्मानित हुँदै आएका छन् ।

राज्यलाई जिल्लाबाटै सबैभन्दा बढी कर तिरेर सम्मानित भएकामा आफूलाई गर्व लागेको युवा व्यवसायी डाँगीले बताएका छन् । राज्यलाई कर तिर्नु हरेक व्यवसायीको दायित्व भए पनि सबभन्दा बढी कर तिर्ने करदाताको रुपमा सम्मानीत भएकोमा धेरै खुसी लागेको उनले बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *