एमाले महाधिवेशन प्रतिनिधिः यी १० जिल्लाबाट अझै नामावली केन्द्रमा आएन
काठमाडौं। महाधिवेशन सुरु हुन आठ दिन बाँकी रहँदा नेकपा (एमाले)का १० जिल्लाका महाधिवेशन प्रतिनिधिको सूची अझै केन्द्रीय कार्यालयमा पुगेको छैन। १० मंसिरदेखि सुरु हुने एमालेको १०औँ महाधिवेशनमा प्रदेश १ का तीन जिल्ला, प्रदेश २ का पाँच जिल्ला र सुदूरपश्चिमका दुई जिल्लाबाट महाधिवेशन प्रतिनिधिको नामावली केन्द्रमा आइपुगेको छैन।
‘अहिलेसम्म ६७ जिल्लाका महाधिवेशन प्रतिनिधि चयन भएर केन्द्रमा नामावली आइसकेको छ,’ केन्द्रीय सदस्य सूर्य थापाले भने, ‘अब १० जिल्लाको नाम आउँन बाँकी छ ।’ उनका अनुसार प्रदेश १ को सुनसरी, ताप्लेजुङ र पाँचथरबाट महाधिवेशन प्रतिनिधिको नामावली केन्द्रमा आइसकेको छैन।
प्रदेश २ को बारा पर्सा र सर्लाही बाहेकको नामावली पनि केन्द्रमा पुगेको छैन। रौतहट, महोतरी, धनुषा, सिरहा र सप्तरीको नामावली केन्द्रमा आएकाे छैन । सुदूरपश्चिमका कैलाली र बाजुरवाट नामावली नआएको थापाले जानकारी दिए।
कैलालीमा भीम रावल समूहले समान्तर बैठक राखेर महाधिवेशन प्रतिनिधि चयन गरेका छ भने सुनसरी पनि दुवै पक्षबीच विवाद देखिँदा प्रतिनिधि चयन हुन सकेका छैनन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment