शारीरिक सम्बन्धबाट टाढा भाग्छन् युवाहरु

डिसी नेपाल
२ मंसिर २०७८ १०:५९

काठमाडौं। अमेरिकामा मानिसहरुमा शारीरिक सम्बन्धको इच्छा लगातार घट्दै गइरहेको छ । एक अध्ययनका अनुसार अमेरिकीहरुमा यौनको चाहना अत्यन्तै कम भएको छ । सर्वेक्षणमा सहभागीमध्ये लगभग ३० प्रतिशतले आफूले कम्तीमा १ वर्षदेखि सेक्स नगरेको बताएका छन् । शोधकताृहरुले यो अध्ययन नेशनल सर्वे अफ फेमिली ग्रोथको डाटाको २०११ देखि २०१९ को बीच अमेरिकी युवाहरुको यौनिक आनिबानीको तुलनाको आधारमा गरेका हुन् ।

डाटाका अनुसार अमेरिकामा युवाहरु यौनजन्य कार्यमा काम सक्रिय छन् । पार्टरनको साथमा रहेर पनि उनीहरुले शारीरिक सम्बन्धको चाहना देखाइरहेका छैनन् । सर्वेमा सहभागी कैयौं महिलाहरुले कैयौं वर्षदेखि सेक्स गरेका छैनन् । रिपोर्टमा पार्टनरको साथमा बस्ने र विवाहितहरुभन्दा एक्लै बस्नेहरु यौनजन्य क्रियाकलाप बिना बस्न थालेका छन् । सर्वेमा सहभागी केवल ५ प्रतिशत विवाहितले उनीहरु यो वर्ष बिना सेक्स बसेको बताएका छन् ।

अध्ययनमा २०११ पछि लिभ इन रिलेशनशिपमा बस्नेहरुको संख्या ४० प्रतिशतबाट घटेर ३२ प्रतिशत भएको छ । द सनमा प्रकाशित एक रिपोर्टका अनुसार बिहेमा ढिलाइका कारण मानिसहरुको यौनचाहना सकिँदै गएको अध्ययनमा पाइएको छ । खासगरी महिलाको यौन इच्छामा कमी आइरहेको देखिएको छ । रिपोर्टमा भनिएको छ ‘हरेक ४ मध्ये एक अमेरिकी महिलाले सेक्स गरेको २ वर्ष वा त्योभन्दा धेरै समय भइसकेको छ ।’

सर्वेमा सबैभन्दा आश्चर्यजनक कुरा २५ वर्षभन्दा अधिक उमेरका महिलामा देखिएको छ । यी महिलाहरु पहिले यौनजन्य रुपमा सक्रिय थिए तर अहिले हरेक २० मध्ये एक महिलाले १० वर्षभन्दा धेरै समयदेखि यौनजन्य क्रियाकलाप गरेका छैनन् । अध्ययनका अनुसार कोरोनाको क्रममा र त्यसपछिको समयमा मानिसको यौनजीवनमा धेरै परिवर्तन देखिएको छ । महामारीले पनि मानिसहरुको यौन जीवनमा असर पारेको छ ।

अमेरिकी समाजशास्त्री र मनोवैज्ञानिकले युवाहरुमा यौन चाहना कम हुनुको कारणबारे अध्ययन गरिरहेका छन् । स्कट साउथ र लेइ लेइले आफ्नो एक अध्ययनमा यस विषयमा बताएका छन् । लामो समयसम्म सम्बन्धमा नरहनु, बिहे र अन्य सामाजिक रिवाजबाट दूरी, सामाजिक संजालको धेरै प्रयोग, धेरै मदिरा पिउनु, भिडियो गेमको लत र पोर्नोग्राफी जस्ता कुराहरुले यौन जीवन बिगारिरहेको उनीहरुको निष्कर्ष छ । विशेषज्ञका अनुसार कोरोनाको समयमा आइसोलेसनले पनि मानिसलाई अलग बस्ने बानी बढ्यो र यौन जीवन बिग्रियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *