मेरो माइक्रोफाइनान्सको साधारणसभा २४ मंसिरमा, लाभांश प्रस्ताव मुख्य एजेन्डा

डिसी नेपाल
२ मंसिर २०७८ ११:२६

काठमाडौं। मेरो माइक्रोफाइनान्सले २४ मंसिरमा वार्षिक साधारणसभा बोलाएको छ । माइक्रोफाइनान्सले लाभांश प्रस्ताव पारित गर्न होटल वाटर टावर, बट्टार नुवाकोटको सभाकक्षमा सभा आह्वान गरेको हो ।

सभामा गत वर्षको नाफाबाट २० प्रतिशत बोनस सेयर र कर तिर्न एक दशमलव ०५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस हुनेछ । त्यसैगरी, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, अन्य कुनै लघुवित्तसँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिनेलगायतको एजेन्डा छ ।

साधारणसभा प्रयोजनार्थ माइक्रोफाइनान्सले ९ देखि २४ मंसिरसम्म बुक क्लोज गर्ने जनाएको छ । जसअनुसार ८ मंसिरसम्म नेप्सेमा कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन तथा लाभांश पाउन सक्नेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *