पाइलटले सीमाभन्दा ४ गुणा धेरै रक्सी पिएर १७७ यात्रुसहितको विमान उडाउन गएपछि…

डिसी नेपाल
२ मंसिर २०७८ ११:३८

काठमाडौं। १७७ जनालाई स्कटल्याण्डबाट उडाएर अमेरिका लैजानुभन्दा पहिले निर्धारित सीमाभन्दा ४ गुणा धेरै रक्सी पिएर विमान उडाउन गएका पाइलटलाई जेलमा हालिएको छ । स्कटल्याण्डको ग्लासगो विमानस्थलमा ड्युटीको लागि रिपोर्ट गर्नुभन्दा पहिले पाइलट ग्लेनडन गुलिभरले अघिल्लो राती टन्नै रक्सी पिएका थिए । त्यसपछि उनी जहाज उडाउन विमानस्थल पुगे । यी अमेरिकी पाइलटले ग्लासगोबाट विमान उडाएर अमेरिका जान लागेका थिए ।

डेली रेकर्डको रिपोर्टअनुसार ६३ वर्षीय ग्लेनडल गुलिभरलाई युनाइटेड एयरलाइन्सको बोइङ ७५७ जहाज उडाउने जिम्मेवारी दिइएको थियो । जब उनी विमान उडाउनको लागि पुगे त्यसपछि उनको ब्रेथ टेस्ट गरियो । परक्षिणमा उनले निर्धारित सीमाभन्दा ४ गुणा बढी मदिरा पिएको पाइयो । त्यसपछि उनलाई गिरफ्तार गरियो ।

गिरफ्तार गरिएपछि पाइलट गुलिभरलाई अमेरिकी अदालतमा पेश गरियो । सुनुवाइको क्रममा शेरिफ गिलियन क्रेगले भने ‘एक व्यवसायिक विमानमा पाइलट अझै धेरै जिम्मेवार हुनुपर्छ । त्यहाँ १७७ पुरुष, महिला र बालबालिकाहरु । मलाई यो सोचर डर लाग्छ कि यसको के परिणाम हुन सक्थ्यो ।’

अमेरिकी नौसेनाका पूर्व लडाकू पाइलट ग्लेनडल गुलिभर विमानमा १६६ यात्रु र ११ चालकदलका सदस्यलाई लिएर बिहान ९ बजेर ५ मिनेटमा अमेरिकाको न्यू जर्सी जानको लागि उड्ने तय थियो । उनलाई अमेरिकाको एक अदालतले सजाय दिएको छ । शेरिफ क्रेगले उनलाई १० महिनाको लागि जेलमा हाल्न आदेश दिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *