हाम्रो सौर्यमण्डलमा नयाँ ग्रह भेटियो, पृथ्वीभन्दा पाँच गुणा ठूलो

डिसी नेपाल
२ मंसिर २०७८ १३:१०

काठमाडौं। हाम्रो सौर्यमण्डलमा ९ औं ग्रह भेटिएको छ । १९८३ मा एक बेलायती प्रोफेसर र खगोलशास्त्रीले यो ९ औं ग्रहको उपस्थितिको अपेक्षा जनाएको थिए । यसको जाँच वर्षौंसम्म चलिरहेको थियो । अहिले वैज्ञानिकहरुले हाम्रो सौर्यमण्डलमा ९ औं ग्रह भएको प्रमाण फेला पारेका छन् । यसअघि प्लुटोलाई ग्रहको वर्गबाट हटाएर ड्वार्फ प्लानेट मान्न थालिएपछि सौर्यमण्डलमा ८ वटा मात्र ग्रह थिए । तर, अब यो नयाँ ग्रह भेटिएपछि फेरि ९ वटा ग्रह भएका छन् ।

इम्पिरियल कलेज लण्डनमा एस्ट्रोफिजिक्सका प्रोफेसर माइकल रोवान रबिन्सनले कैयौं वर्ष पहिले पुरानो टेलिस्कोपबाट केही डाटा जुटाएका थिए । यसका आधारमा उनले प्लुटोलाई ग्रह नमान्दा पनि अर्को ग्रह भएकोले सौर्यमण्डलमा ९ वटा ग्रह नै भएको बताउँदै आएका थिए । उनले ९ औं ग्रहको थ्योरी १९८३ मा दिएका थिए । जुन टेलिस्कोपबाट उनले डाटा संकलन गरेका थिए त्यसको नाम इन्फ्रारेड एस्ट्रोनोमिकल स्याटेलाइट थियो । यो पहिलो यस्तो स्याटेलाइट थियो जसले रातको समयमा इन्फ्रारेड स्पेक्ट्रमको माध्यमबाट नयाँ ग्रहको खोजी गर्थ्यो । यो मिशन १० महिनासम्म चल्यो ।

हालै प्रोफेसर माइकल रोवान रबिन्सनले आफ्नो पछिल्लो डाटामा केही छुटेको हुन सक्ने आशंकामा फेरि पुरानो डाटाको अध्ययन गरे । उनले ध्यानपूर्वक हरेक डाटा र हस्तावेजलाई जाँच्न सुरु गरे । उनले ती ग्रहहरुमा ध्यान दिन थाले जो निकै ढिलो कतिमा घुमिरहेका छन् । सूर्यको चारैतिर घुमिरहने कारण हामीले हाम्रा ग्रहहरुको स्थिति सधैं बदलिएको देख्छौं, यसलाई प्यारालेक्स भनिन्छ । आइआरएएसले पनि प्यारालेक्स अनुसार कैयौं ग्रहको फोटो खिचेको थियो ।

प्रोफेसर माइकलले १९८३ को जून, जुलाइ र सेप्टेम्बर महिनाको डाटालाई राम्रोसँग जाँच गरे । यहीँ उनले आफ्नो कामको चीन फेला पारे । उनका अनुसार नयाँ ग्रह पृथ्वीभन्दा तीनदेखि पाँच गुणा ठूलो छ । यो सूर्य र पृथ्वीबीचको दूरीको तुलनामा २२५ गुणा धेरै टाढाबाट हामे सौर्यमण्डलको परिक्रमा गरिरहेको छ । अर्थात नयाँ ग्रहको सूर्यबाट दूरी पृथ्वीको सूर्यबाट दूरीभन्दा २२५ गुणा धेरै छ । यसपछि प्रोफेसर माइकलले आफ्नो रिपोर्ट आरजिभ जर्नलमा प्रकाशित गरेका छन् ।

प्रोफेसर माइकलका अनुसार उनको थ्योरी र जाँचको समयमा डाटा निकै धमिलो थियो किनकि यो ग्रह सौर्य मण्डलको जुन हिस्सामा छ त्यहाँ ग्यासका फिलामेन्ट घुमिरहन्छन् अर्थात ग्यासको पत्रभित्र यो ग्रह लुकेर रहन्छ । यी ग्यासका बादललाई साइरस भनिन्छ । हालै हवाइको पान–स्टार्स टेलिस्कोपबाट पनि यो क्षेत्रमा निगरानी गर्ने कोसिस बेकार भएको थियो किनकि साइरस बादलहरुको समूहले आफूभन्दा पछाडि कुनै पनि चिज देख्न अवरोध सृजना गर्छन् ।

प्रोफेसर माइकलले लगातार अन्तरिक्ष विज्ञानीहरुसँग अनुरोध गरेका थिए कि ड्वार्फ प्लानेट प्लुटोको पछाडि गएर खोजी गर्नुपर्छ । त्यसपछि ग्रहविज्ञानी माइक ब्राउनले भने जब कुनै ग्रह तपाइँलाई देखिइरहेको छेन भने त्यसका हल्का प्रमाण र धमिलो डाटाको आधारमा भविष्यवाणी गर्नु सजिलो नहुने बताए । तर, प्रोफेसर माइकलको भविष्यवाणी सही साबित हुँदै गइरहेको देखिएको छ किनकि एक षेत्रमा विकसित गुरुत्वाकर्षण बलका कारण त्यहाँ रहेका वस्तुहरुको पहिचान गर्न सकिन्छ ।

माइक ब्राउनका अनुसार ९ औं ग्रहको खोज एक आकस्मिक घटना हो । यो ठिक त्यसैगरी भयो जस्तो दशकौं पहिले प्लुटोको साथमा भएको थियो । टोकबग लोवेल्स प्लानेट एक्सको खोजी गरिरहेका थिए त्यही क्रममा उनले प्लुटो फेला पारे । यस्तै गरी अहिले प्लुटो सौर्यमण्डलबाट बाहिर भएपछि प्रोफेसर माइकलले बताएको ग्रहलाई ९ औं ग्रह मान्न सकिन्छ तर त्योभन्दा पहिले त्यसको पुष्टि गर्न बाँकी छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *