गणपती ज्वेलर्सले ल्यायो ‘विवाह उत्सव’ ग्राहक योजना

डिसी नेपाल
२ मंसिर २०७८ १४:२३

काठमाडौं । गणपती ज्वेलर्सले विवाहको मौसमलाई लक्षित गरी ‘विवाह उत्सव’ ग्राहक योजना ल्याएको छ । उक्त योजनाअन्तर्गत विवाहको लागि १० लाख रुपैयाँभन्दा बढीको गहना खरिद गर्ने जोडीलाई ब्रेकफास्ट र डिनरसहित एक रात पाँचतारे होटलमा बस्ने सुविधाको व्यवस्था रहेको छ ।

गणपती ज्वेलर्सका सञ्चालक सिद्धान्त बेगानीका अनुसार ‘विवाह उत्सव’ योजना यही मंसिरदेखि सुरु भएको छ भने यो योजना २ महिनासम्म चल्ने छ । योजनाबारे सञ्चालक बेगानीले भने, ‘विवाह गर्दै हुनुहुन्छ भने यही समयभित्र मौका छोप्न हामी तमाम ग्राहक वर्गलाई शुभकामनासहितको आग्रह गर्दैछौं र गणपतिसँगको विवाह उत्सवले तपाईंलाई जीवनभरको मिठो सम्झना दिनेछ ।’

काठमाडौंको न्युरोड विशाल बजारको जनसेवासंगै रहेको गणपती ज्वेलर्सले १३ वर्षदेखि सुनचाँदी र हीराको कारोबार गर्दै आएको छ । गणपती ज्वेलर्सको यस्तो योजनाले नवविवाहित जोडीको विवाह उत्सव बन्ने र दाम्पत्य जीवनलाई मिठो सम्झनाका साथै गहनाले पनि सजाउने छ ।

ग्राहकलाई गुणस्तरीय गरगहना उपलब्ध गराउने र ग्राहकहरुको जीवनलाई झकिझकाउ तथा खुसी र आनन्ददायी बनाउने गणपति ज्वलर्सको उद्देश्य रहेको बताउँदै संचालक बेगानीले भने, ‘यो योजनाले आन्तरिक पर्यटन प्रवद्र्धनसमेत हुने विश्वास गरेका छौं ।’

उनका अनुसार गणपती ज्वेलर्सले आगामी दिनहरुमा पनि यस्तैयस्तै आकर्षक योजना ल्याउने छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *