मुम्बइका पुलिस प्रमुख भगौडा अपराधी घोषित, ‘वान्टेड’ घोषणा गरेर सम्पत्ति जफत गर्न सकिने

डिसी नेपाल
२ मंसिर २०७८ १६:२२

काठमाडौं। असुलीको एउटा मामिलामा बुधबार भगौडा घोषित भएका मुम्बइ पुलिस कमिश्नर परमवीर सिंहलाई सर्वोच्च अदालतले राहत दिन अस्वीकार गरेको छ । सिंहले आफ्नो गिरफ्तारीमा रोक लगाउन सर्वोच्च अदालतमा निवेदन दिएका थिए । आज भएको सुनुवाइमा फरार रहेका सिंहले सबैभन्दा पहिले आफू कहाँ छन् भन्ने स्पष्ट नपारेसम्म उनको निवेदनमाथि कुनै विचार नगरिने स्पष्ट पारेको छ ।

अदालतले पहिले आफू सार्वजनिक हुन भनेपछि परमवीर सिंहले आफ्ना वकिलमार्फत अदालतमा ‘यदि मैले सास फेर्ने अनुमति पाए खाल्डोबाट बाहिर आउनेछु’ भनेर जवाफ पठाएका छन् । २२ नोभेम्बरमा यो मामिलामा अर्को सुनुवाइ हुनेछ । सर्वोच्च अदालतले २२ नोभेम्बरमा परमवीर कहाँ छन् भन्ने अदालतलाई बताउन आदेश दिएको छ ।

यसअघि मुम्बइको अदालतले परमवीर सिंहलाई भगौडा अपराधी घोषित गर्न अनुमति दिएको थियो । अदालतको यो अनुमतिसँगै अब मुम्बइ पुलिसले उनलाई वान्टेड आरोपी घोषित गर्न सक्छ र मिडिया सहित सबै सम्भावित स्थानमा भगौडा घोषित गर्न सक्छ । नियमअनुसार यदि उनी ३० दिनभित्र कानुनको अगाडि आएनन् भने मुम्बइ पुलिसले उनको सम्पत्ति जफत गर्ने प्रक्रिया अगाडि बढाउन सक्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *