No ads found for this position
No ads found for this position

अदालतभित्र लाठी हान्ने, हतियार भित्र्याउने काम प्रधानन्यायाधीशले गरेः बार अध्यक्ष, श्रेष्ठ

No ads found for this position
No ads found for this position
No ads found for this position
डिसी नेपाल
२ मंसिर २०७८ १६:३३
72
Shares
No ads found for this position

काठमाडौं । नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले सर्वोच्च अदालतभित्र लाठी हान्ने र हतियार भित्र्याउने काम प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र सर्वोच्च प्रशासनले गरेको आरोप लगाएका छन् ।

बिहीबार दिउँसो सर्वोच्च परिसरमा प्रहरीको कुटाइबाट घाइते भएका श्रेष्ठ उपचारपछि फर्किएर आकस्मिक पत्रकार सम्मेलनमार्फत प्रधानन्यायाधीशको आलोचना गरेका हुन् । उनले व्यक्ति मरे पनि केही नहुने तर न्याय मर्न नहुने उल्लेख गरे ।

‘म मरें भने केही हुँदैन । दुई चारजना मरेर केही हुँदैन । तर न्याय मर्नुहुँदैन । अदालतभित्र लाठी हान्ने, हतियार भित्र्याउने काम प्रधानन्यायाधीश र सर्वोच्च प्रशासनले ल्यायो । यसको जवाफ प्रधानन्यायाधीशले लिनुपर्छ । हाम्रो देशको विश्वमा बेइज्जत हुन्छ । अदालतभित्र पुलिस रोक्नुपर्छ । ५ बजे हामीलाई पापडको बैठकमा बोलाइएको छ । सहभागी भएर हाम्रा कुरा राख्छौं,’ श्रेष्ठले भने ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *