एमाले महाधिवेशन एकै पटक ७२ जना कलाकारले नाच्न मिल्ने गरी बनाइँदै छ मञ्च
No ads found for this position
No ads found for this position
No ads found for this position
No ads found for this position
काठमाडौं ।नेकपा एमाले महाधिवेशन आउँदो १० मंसिरबाट चितवनमा सुरु हुँदै छ । महाधिवेशनस्थलको नक्सांकन गरिएको एमाले केन्द्रीय सदस्य विनोद श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार १०० अतिथि रहने गरी आकर्षकमञ्च निर्माण गरिनेछ । एकै पटक ७२ जना कलाकारले प्रस्तुति दिन मिल्ने गरी मञ्च बनाइने उनले जानकारी दिए । चार खण्डमा हुने मञ्चको माथिल्लो तहमा अतिथि र स्थायी कमिटी सदस्य, दोस्रो खण्डमा सांस्कृतिक कार्यक्रम, तेस्रो खण्ड केन्द्रीय सदस्य र चौथो खण्डमा पोडियम रहने श्रेष्ठले जानकारी दिए ।
आठ फिट अग्लो, ३० फिट लामो र ४० फिट फराकिलो मञ्च हुने बताएका उनले उद्घाटन सत्रमा कार्यक्रमस्थलसहित विभिन्न स्थानमा गरी २० ठाउँमा डिस्प्लेमार्फत प्रदर्शन गर्ने योजना रहेको बताए ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment