पाकिस्तानी कट्टर मुस्लिम समूह टीएलपीका प्रमुख रिज्भी रिहा

डिसी नेपाल
३ मंसिर २०७८ ७:३४

इस्लामाबाद। पाकिस्तानले एक कट्टर मुस्लिम नेतालाई रिहा गरेको छ । सरकारले सुन्नी लडाकु समूह तेहरिक इ लबाइक पाकिस्तान (टीएलपी) का प्रमुख साद हुसेन रिज्भीलाई रिहा गरेको हो । सरकार र टीएलपीबीचको वार्तापछि सरकारले उनलाई लाहोर जेलबाट रिहा गरेको हो ।

एक साताअघि मात्र सरकारले रिज्भीको नाम आतंकारीको सूचीबाट हटाएको थियो । टीएलपीले विगत एक महिनादेखि सरकारविरोधी हिंसात्मक आन्दोलन गरेको थियो । आन्दोलनका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारी गरी १२ जनाको मृत्यु भएको थियो । रिज्भी रिहा भएको उनका वकिलले पुष्टि गरेका छन् ।

दुई साताअघि इमरान खान नेतृत्वको सरकारले टीएलपीका २ हजार कार्यकर्तालाई रिहा गरेको थियो ।

फ्रान्सेली म्यागेजिन चार्ली हेब्दोले मुस्लिम धर्मगुरु मोहम्मदको कार्टून छापेपछि इस्लामबादस्थित फ्रान्सेली दूतलाई देश निकाला गर्न माग गर्दै सुरु भएको टीएलपीको आन्दोलनले हिंसात्मक रुप लिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *