मोदी सरकार झुक्यो

डिसी नेपाल
३ मंसिर २०७८ ९:५२

काठमाडौं। लामो समयसम्मको किसान आन्दोलनपछि अन्ततः भारतको नरेन्द्र मोदी सरकार किसानहरुको अगाडि झुकेको छ । शुक्रबार बिहान देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले तीनवटै कृषि कानुन फिर्ता लिएको घोषणा गरेका छन् । मोदी सरकारले कृषि कानुन ल्याएदेखि नै भारतका किसानहरु आन्दोलित थिए । आन्दोलनको क्रममा दर्जनौं किसानहरुले ज्यान समेत गुमाउनु परेको छ ।

आज गरेको सम्बोधनमा प्रधानमन्त्री मोदीले भने ‘सरकारले तीनवटै कृषि कानुन असल नियतका साथ ल्याएको थियो तर यो कुरा हामीले किसानहरुलाई बुझाउन सकेनौं ।’ आफूले किसानका समस्या र चुनौतीहरुलाई नजिकबाट देखेको बताउँदै प्रधानमन्त्री मोदीले देशले आफूलाई २०१४ मा प्रधानमन्त्रीको रुपमा देशको सेवा गर्ने अवसर दिएपछि आफूले किसान कल्याणलाई सर्वोच्च प्राथमिकता दिएको बताए ।

आफ्नो सरकारले किसानहरुको लागि खासगरी साना किसानको हितमा पूरै सत्य निष्ठासँग किसानहरुप्रति पूर्ण समर्पण भावले यो कानुन ल्याएको बताउँदै उनले आफ्नो प्रयासका बावजुद केही किसानलाई बुझाउन नसकेको बताए । कानुनका जुन प्रावधानसँग किसानहरु सहमत थिएनन् तिनीहरुलाई बदल्न सरकार तयार हुँदा पनि बुझाउन नसकिएको बताउँदै उनले तीनवटै कृषि कानुन फिर्ता लिइएको घोषणा गरे । उनले यसै महिना कानुन फिर्ता लिने प्रक्रिया पूरा गरिने बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *