इजरायली रक्षा मन्त्रीको घरका घरेलु कामदार इरानका जासुस

डिसी नेपाल
३ मंसिर २०७८ १०:२७

काठमाडौं। इजरायलले देशका रक्षा मन्त्रीका हाउसकिपरलाई कथित रुपमा इरानका ह्याकरहरुको लागि जासुसी गरेको आरोप लगाएको छ । इजरायलका अधिकारीहरुले बिहीबार यो जानकारी दिएका हुन् । ओमरी गोरेनको रुपमा चिनिने व्यक्तिको कथित रुपमा आपराधिक रेकर्ड छ तर उनी एक क्लिनरको रुपमा रक्षा मन्त्री बेनी गेंन्ट्जको घरमा काम गरिरहेका थिए ।

उनको गिरफ्तारीले इजरायलका नेताहरुसम्म पहुँच राख्ने व्यक्तिहरुको पृष्ठभूमिको जाँचमाथि प्रश्न उठाइदिएको छ । गिरफ्तारीको घोषणा गर्ने शिन बेट सुरक्षा सेवाले आफ्नो जाँच प्रक्रियाको समीक्षा गरिरहेको बताएको छ । सुरक्षा सेवा र अभियोगका अनुसार गोरेनले इजरायली मिडियामा ब्ल्याक श्याडो नामक एक ह्याकर समूहको बारेमा रिपोर्ट देखे । गोरेनले आफ्नो कम्प्युटर सहित गेन्ट्जको घरका विभिन्न वस्तुहरुको तस्वीर पठाएर रक्षा मन्त्रीसम्म आफ्नो पहुँच समूहलाई बताएका थिए ।

सरकारका अनुसार गोरोचोभ्स्की नामबाट पहिचान गरिएका गोरेनले गेन्ट्जको कम्प्युटरलाई मालवेयरबाट संक्रमित गर्नेबारे चर्चा गरेका थिए । तर, कुनै पनि योजनालाई कार्यान्वयन गर्नुभन्दा पहिल्यै उनलाई गिरफ्तार गरियो । उनले बताएअनुसार अहिलेसम्म उनको वर्गीकृत सामग्रीसम्म पहुँच थिएन ।

एजरायली मिडियाका अनुसार गोरेनलाई ४ अभियोगमा जेल सजाय सुनाइएको छ । सशस्त्र डकैती र अरुको घरमा अनाधिकृत पहुँचको अभियोग पनि लगाइएको छ । रिपोर्टका अनुसार गेन्ट्जको लागि काम गर्नुभन्दा पहिले गोरेनको सुरक्षा समीक्षा गरिएको थिएन । गोरेनका वकिल गेल उल्फले गोरेनले केवल पैसा कमाउन चाहेको र उनको राष्ट्रिय सुरक्षालाई नोक्सानी गर्ने उद्देश्य नभएको बताएका छन् ।

इजरायली मिडियाका अनुसार ब्ल्याक श्याडोलाई इरानसँग जोडिएको छ । यो समूह व्यापक रुपमा प्रयोग गरिने वेबसाइटमा ह्याकिङ आक्रमणको एक सिरिजको लागि जिम्मेवार छ । वाला न्यूजका कूटनीतिक संवाददाता बराक रविदले ट्वीट गर्दै भनेका छन् ‘इजरायल देशमा पूरै सुरक्षा जाँच प्रणाली चिन्तिाजनक छ । यसलाई हरेक वर्ष करदाताले दिएको धनबाट वित्त पोषित गरिन्छ । इरानीहरुको त हाँसो रोकिँदैन होला ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *