सीमा विवादबारे चीन र भारतबीच १४ औं चरणको वार्ता हुने

डिसी नेपाल
३ मंसिर २०७८ ११:४६

नयाँ दिल्ली। चीन र भारतका सुरक्षा अधिकारीबीच चाँडै १४औ चरणको वार्ता हुने भएको छ। दुबै देशका सुरक्षा अधिकारी सम्मिलित सल्लाह र संयोजनका लागि कार्य संयन्त्र (डब्लुएमसीसी) को बिहीबारको भर्चुअल बैठकपछि पूर्वी लद्दाखमा तनाब अन्त्य गर्न अर्को बैठक बस्ने सहमति भएको हो।

‘पूर्वी लद्दाखमा देखिएको सीमा समस्या समाधान गर्न भारत र चीनका वरिष्ठ कमान्डरहरुबीच चाँडै १४औं चरणको वार्ता हुनेछ,’ भारतीय विदेश मन्त्रालयको विज्ञप्तिमा भनिएको छ। सीमा क्षेत्रमा उत्तेजक गतिविधि नगर्न पनि दुवै देश सहमत भएको विज्ञप्तिमा जनाइएको छ।

बिहीबार सम्पन्न बैठकमा दुबै पक्षले १० अक्टोबरमा कमान्डर तहमा भएको सीमा बैठकपछि विकसित घटनाक्रमको समीक्षा गरेका थिए। प्याङगोङ तालनजिक दुबै देशका सेनाको आमने सामनेपछि गत वर्षको मे महिनामा लद्दाखनजिक चीन र भारतका सेनाबीच दोहोरो झडप भएको थियो।

यसैबीच, सीमा विवाद बढिरहेका बेला चीनले भुटानी भूमिमा एउटा बस्ती बसालेको विवरण सार्वजनिक भएको छ। चीनको सैन्य विकासम्बन्धी एक विज्ञले सार्वजनिक गरेको स्याटलाइट तस्विरमा चीनले भारत र भुटानको सिमानजिकै १०० वर्ग किलो मिटर क्षेत्रमा नयाँ घरहरु बनाएको देखिएको हो। सो क्षेत्र सन् २०१७ मा चीन र भारतीय सेना आमने सामने भएको क्षेत्र दोक्लामनजिक पर्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *