पानी ट्याङकी उद्घाटन

डिसी नेपाल
३ मंसिर २०७८ १५:५९

काठमाडौं। सूर्यविनायक नगरपालिका–९ चामुथलीमा एक लाख लिटर क्षमताको पानी ट्याङकी निर्माण भएको छ ।

दिव्य डाँडा खानेपानी उपभोक्ता समितिले ३५० घरपरिवारलाई खानेपानी वितरण गर्ने लक्ष्यका साथ सो ट्याङकी निर्माण गरेको हो । सो ट्याङकीबाट स्थानीयवासीलाई पानी वितरणसमेत सुरु गरिएको छ ।

नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य महेश बस्नेत र वाग्मती प्रदेशसभा सदस्य शशिजङ्ग थापाले आज संयुक्तरुपमा उक्त ट्याङकीको उद्घाटन गर्दै पानी वितरणको शुभारम्भ गरेका हुन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *