अमेरिकामा फाइजर र मोर्डना खोपको तेस्रो डोजको अनुमति

डिसी नेपाल
३ मंसिर २०७८ २१:५८

काठमाडौं । अमेरिकामा फाइजर र मोर्डना खोपको तेस्रो डोज अर्थात ‘बूस्टर शट’को अनुमती पाएका छन् । त्यहाँको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए)ले शुक्रबार फाइजर र मोर्डना खोपहरूको ‘बूस्टर शट’अनुमति दिएको हो ।

फाइजर र मोर्डना खोप लगाएका १८ वर्ष माथिका सबैका लागि बूस्टर शटअनुमति दिएको न्युर्योक टाइम्सले लेखेको छ ।

अमेरिकी खोप निर्माता कम्पनी फाइजर र मोर्डनाले आफूले बनाएको कोरोना भाइरस विरूद्धको तेस्रो डोज खोपका लागि अनुमति मागेका थिए । तेस्रो डोज नलगाए फाइजरका दुवै डोज लगाएकाहरूमा ६ महिनापछि फेरि सङ्क्रमण हुन सक्ने सम्भावना रहेको कम्पनीहरुले जनाएको छ ।

कोरोनाको डेल्टा भेरियन्टको नियन्त्रणका लागि पनि ‘बुस्टर डोज’ लगाउनु पर्ने उनीहरुको भनाइ छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *