अमेरिकाको पहिलो महिला राष्ट्रपति बनिन् कमला ह्यारिस

डिसी नेपाल
४ मंसिर २०७८ ९:१७

काठमाडौं। कमला ह्यारिस अमेरिकाको राष्ट्रपतिको सबै शक्तिहरुसहित राष्ट्रपतिको रुपमा काम गर्ने पहिलो महिला बनेकी छिन् । बाइडेनले राष्ट्रपतिको रुपमा आफूसँग भएका सबै शक्तिहरु उपराष्ट्रपति कमला ह्यारिसलाई हस्तान्तरण गरेपछि उनी सर्वशक्तिमान भएकी हुन् । राष्ट्रपति बाइडेनले शुक्रबार आफ्नो राष्ट्रपतिको हैसियतका सबै शक्तिहरु उपराष्ट्रपति ह्यारिसलाई हस्तान्तरण गरेका थिए ।

राष्ट्रपति बाइडेनले कोलोनोस्कोपीको लागि एनेस्थेसिया (बेहोस पार्ने प्रक्रिया) लिनका लागि आफ्नो सबै शक्तिहरु उपराष्ट्रपतिलाई हस्तान्तरण गरेका हुन् । उनी हरेक वर्ष कोलोनोस्कोपी गराउँछन् । अमेरिकी राष्ट्रपछि आज शनिबार ७९ वर्षका भएका छन् । अमेरिकी संविधान अनुसार राष्ट्रपतिले केही समयको लागि कसैलाई पनि आफ्नो स्थानमा कार्यवाहक राष्ट्रपति नियुक्त गर्न पाउँछन् । सीएनएनका अनुसार कमला ह्यारिस ८५ मिनेटको लागि अमेरिकाकै सबैभन्दा शक्तिशाली व्यक्ति बनिन् ।

अहिलेको लागि यो जिम्मेवारी उपराष्ट्रपति कमला ह्यारिसलाई दिइएको हो । यो जिम्मेवारी यसकारण पनि महत्वपूर्ण छ किनकि हालै बाइडेन र ह्यारिसबीच तनावको खबर बाहिरिएको थियो । यसअघि बाइडेनले २०१९ मा फुल बडी टेस्ट गराएका थिए । परीक्षणमा उनलाई पूर्ण रुपमा स्वस्थ र राष्ट्रपतिको कर्तव्य सफलतापूर्वक निर्वाह गर्नको लागि मेडिकल रुपमा उपयुक्त पाइएको थियो । अहिले संविधानअनुसार उपराष्ट्रपतिलाई राष्ट्रपतिको शक्ति हस्तान्तरण गरिएपछि अमेरिकाका सबै सैन्य शक्ति कमला ह्यारिसले प्रयोग गरेकी छिन् । यस क्रममा उनले वेस्ट विंगमा रहेको आफ्नो कार्यालयबाटै काम गरिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *