हट मोडल जसलाई कपडाका कारण पुलिसले कुट्यो, कस्तो कपडा लगाएकी थिइन् ?

डिसी नेपाल
४ मंसिर २०७८ १५:०१

काठमाडौं। मलेसियामा एक ट्रान्सजेंडर मोडललाई धार्मिक कार्यक्रममा हिजाब लगाएका कारण प्रताडित गरिएको छ । उनीमाथि इस्लामको अपमान गरेको आरोप लगाइयो । पछि उनलाई गिरफ्तार गरियो । अवस्था यस्तो भयो कि उनले देश छोडेर भाग्नुपर्यो ।

३६ वर्षकी मोडलको नाम नूर सजत कमरुज्जमान हो जो सामाजिक संजालमा निकै लोकप्रिय छिन् । उनी अस्ट्रेलियाबाट माइग्रेट भएर मलेसिया आएकी थिइन् । तर, केही समयअघि उनले धार्मिक कार्यक्रममा हिजाब लगाएपछि विवाद भयो जसका कारण उनी देश छोडेर अस्ट्रेलिया भागेकी छिन् । मलेसियाली अधिकारीहरुले नूरको तुरुन्त प्रत्यार्पणको माग गरेका छन् । यदि उनीविरुद्ध केस चल्यो र उनी दोषी ठहरिइन् भने उनलाई ३ वर्षसम्म जेल सजाय हुन सक्छ ।

नूरले २०१८ मा आयोजित एक निजी धार्मिक कार्यक्रममा मुस्लिम महिलाहरुले जस्तै हिजाब लगाएकी थिइन् । उनले यसको तस्वीर सामाजिक संजालमा पोस्ट गरिन् । त्यसपछि विवाद सुरु भयो । मलेसियाली अधिकारीहरुका अनुसार नूर एक पुरुष हुन् र इस्लामिक कानुन अनुसार पुरुषले महिलाको कपडा लगाउन पाइँदैन । नूर एक ट्रान्सजेंडर महिला हुन् । उनलाई शरणार्थीको दर्जा दिइएको थियो ।

बीबीसीसँग कुरा गर्दै नूरले मलेसियाको सेलंगोर राज्यमा धार्मिक मामिलाको विभाग जैसका अधिकारीहरुले आक्रमण गरेपछि उनीसँग भाग्नुबाहेक अरु विकल्प नभएको बताइन् । जैसले उनीविरुद्ध इस्लामको अपमानको आरोप लगाएको थियो । नूरले भनिन् ‘म भाग्नुपर्यो । मसँग कठोर व्यवहार गरियो । मेरा मातापिता र परिवारको अगाडि मलाई कुटियो, हथकडी लगाइयो । मैले लज्जाबोध गर्नुपर्यो । मैले उनीहरुलाई सहयोग गरें तर उनीहरुले मलाई प्रताडित गरे ।’

मलेसियाका धार्मिक मामिलाका मन्त्री इदरिस अहमदले भने ‘यदि उनी देशमा आउन तयार छन् र गल्ती स्वीकार गर्छिन् भने कुनै समस्या छैन । हामी उनलाई दण्डित गर्न चाहँदैनौं हामी केवल उनलाई शिक्षित गर्न चाहन्छौं ।’ अर्का उक मुस्लिम नेताले भने ‘मेरो लागि नूर एक अलग मामिला हो । उनले कैयौं यस्ता काम गरेकी छन् जसले धार्मिक व्यक्तिहरुलाई प्रतिक्रिया दिनको लागि उक्साएका छन् ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *