२.४ अर्ब डलरका मालिकले बिहे गर्न केटी नपाएपछि…

डिसी नेपाल
५ मंसिर २०७८ ११:००

काठमाडौं। डिजिटल पेमेन्ट कम्पनी पेटिएम चलाउने फिनटेक स्टार्टअप कम्पनी वन९७ कम्युनिकेसन्स लि.को आइपिओको लिस्टिङ भएको छ । लिस्टिङ कार्यक्रममा यसका संस्थापक तथा सीइओ विजय शेखर शर्मा भावुक भए । उनका आँखाबाट आँसु आए । कम्पनीलाई यो उचाइसम्म पुर्याउने विजय शेखर वर्माको संघर्ष र सफलता धेरैको लागि प्रेरणाको स्रोत बन्न सक्छ ।

विजय शेखर शर्माको अहिलेको कूल सम्पत्ति २.४ अर्ब डलर छ । उनले आफ्नो उमेर २७ वर्ष हुँदा महिनामा १० हजार रुपैयाँ कमाउँथे । यसकारण उनले बिहे गर्नको लागि केटी समेत पाएका थिएनन् । २०१७ मा डिजिटल भुक्तानी फर्म पेटिएमको स्थापना गरेका शर्माले रोयटर्ससँग कुरा गर्दै भने ‘२००४–०५ मा मेरा पिताले मलाई आफ्नो कम्पनी बन्द गरेर ३० हजार रुपैयाँ तलबमा जागिर गर्न भन्नुभयो ।’

शर्मा प्रशिक्षित इन्जिनियर थिए तर त्यतिबेला उनले एउटा सानो कम्पनीको माध्यमबाट मोबाइलका सामग्री बेच्थे । शर्माले भने ‘मैले महिनामा करिब १० हजार रुपैयाँ मात्रै कमाउँछु भन्ने थाहा पाएपछि सम्भावित बेहुलीका परिवारले हामीलाई कहिल्यै पनि फेरि फोन गर्दैनथे । म एक अयोग्य कुमार बनें ।’ अहिले भने शर्मा विवाहित छन् र उनका एक छोरा पनि छन् ।

४३ वर्षका विजयले गत हप्ता पेटिएमको २.५ अर्ब डलरको आइपिओको नेतृत्व गरे । उनको फिनटेक फर्म अहिले आधुनिक भारतको पहिचान बनेको छ । भारतको सबैभन्दा धेरै जनसंख्या भएको उत्तर प्रदेशको सानो सहरमा शिक्षक पिता र गृहिणी आमाको छोरा भएर जन्मेका विजय २०१७ मा भारतका सबैभन्दा कान्छा अर्बपति बनेका थिए ।

उनी अहिले पनि सडकछेउको ठेलामा चिया पिउन मन पराउँछन् । बिहान दुध लिनको लागि आफै मर्निङ वाकमा निस्किन्छन् । २०१५ मा चीनको एन्ट ग्रुपले पहिलो पटक पेटिएममा लगानी गरेको थियो । त्यो समय सम्झिँदै उनले भने ‘लामो समयसम्म मेरा मातापितालाई थाहा थिएन कि छोराले के गरिरहेको छ । एक पटक मेरी आमाले अखबारमा मेरो नेटवर्थबारे पढेपछि मसँग सोध्नुभएको थियो – विजे के तँसँग साँच्चै यति धेरै पैसा छ ?’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *