बिहे गर्न नमानेको रिसमा महिलाले पुरुष मित्रमाथि एसिड खन्याइन्

डिसी नेपाल
५ मंसिर २०७८ ११:२६

काठमाडौं। पुरुषले महिलामाथि एसिड आक्रमण गरेका घटनाहरु हामीले पहिलेदेखि नै सुन्दै आएका हौं । तर, पछिल्लो समय महिलाहरु पनि यस प्रकाशको अपराधमा संलग्न हुन थालेको पाइएको छ । भारतको केरल राज्यको इडुक्कीमा ३५ वर्षकी एक महिलाले २८ वर्षका युवकमाथि एसिड खन्याएकी छिन् ।

यी दुईको चिनजान फेसबुकमार्फत भएको थियो । महिलाले युवकलाई आफूसँग बिहे गर्न प्रस्ताव गरेकी थिइन् तर युवकले अस्वीकार गरेपछि रिसमा यस्तो गरेकी हुन् । पुलिसका अनुसार १६ नोभेम्बरमा भएको यो घटनाकी आरोपी महिलालाई गिरफ्तार गरिएको छ । पक्राउ परेकी महिला पहिले नै २ सन्तानकी आमा हुन् ।

पुलिसलाई उद्धृत गर्दै भारतीय अखबार दैनिक भास्करले जनाएअनुसार पीडित युवक अरुण कुमार तिरुवनंतपुरमका हुन् । उनले स्थानीय मेडिकल कलदेज अस्पतालमा भर्ना गरिएको छ । डाक्टरहरुका अनुसार तेजाब परेका कारण युवकले आँखाको ज्योति गुमाउन सक्ने खतरा छ ।

पुलिसले समाचार एजेन्सी पीटिआइलाई बताएअनुसार शीबा नामकी महिला र अरुणको मित्रता फेसबुकबाट सुरु भएको थियो । पछि शीबा विवाहित भएको र उनका २ सन्तान पनि भएको जानकारी पाएपछि अरुण यो सम्बनधलाई यत्तिकै टुंग्याउन चाहन्थे । तर, शीबाले उनलाई ब्ल्याकमेल गरिरहेकी थिइन् र पैसाको माग गरिरहेकी थिइन् ।

पैसा लिनको लागि शीबाले नै १६ नोभेम्बरमा अरुणलाई हादिमाली नजिकै चर्चमा बोलाएकी थिइन् । शनिबार चर्च परिसरमा जडित सीसीटिभी क्यामेराको फुटेज सार्वजनिक भयो । फुटेजमा शीबाले अरुणमाथि एसिड खन्याएको देखिन्छ । पहिले अरुण स्वयं आदिमालीको एक निजी अस्पताल गएका थिए । त्यहाँबाट उनलाई तिरुवनंतपुरम मेडिकल कलेजमा सारिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *