युएइको राजधानीमै चीनले आफ्नो सेनाको बेस बनाएपछि अमेरिकाको हस्तक्षेप

डिसी नेपाल
५ मंसिर २०७८ ११:४३

काठमाडौं। संयुक्त अरब इमिरेट्सको राजधानी अबु धाबीमा चीनले गोप्य रुपमा आफ्नो सेनाको बेस बनाइरहेको भन्दै अमेरिकाले हस्तक्षेप गरेको छ । अबु धाबीको छेउमा रहेको खलीफा बन्दरगाहमा चीनले गोप्य रुपमा सेनाको बेस बनाएको भन्दै अमेरिकाले काम रोकिदिएको हो । यो निर्माणबारे युएइलाई पनि थाहा नभएको बताइएको छ ।

वाल स्ट्रिट जर्नलको रिपोर्टअनुसार अमेरिकाले दबाब दिएपछि युएइले चीनले गरिरहेको निर्माणको काम रोकिदिएको छ । गोप्स सैन्य बेसको जानकारी अमेरिकी खुफिया एजेन्सीले स्याटेलाइटबाट खिचिएका तस्वीरमार्फत पाएको थियो । एजेन्सीले त्यहाँ एउटा ठूलो भवन बनाउनको लागि ठूला ठूला खाल्डा बनाइएको थाहा पाएको थियो । चीनले यो बन्दरगाह ३०० मिलियन डलरमा युएइसँग लिजमा लिएको छ ।

चीनले जुन बन्दरगाहमा आफ्नो सैन्य बेस बनाइरहेको थियो त्यो युएइको राजधानी अबु धाबीबाट उत्तरतर्फ ८० किलोमिटरको दूरीमा छ । यहाँ चीनको कम्पनी चाइना ओसियन शिपिङ (ग्रुप) कम्पनी कोस्को शिपङ समूहले ठूलो व्यवसायिक कन्टेनर टर्मिनल बनाएको छ । चीनले जाँचबाट बच्नको लागि लामो समयसम्म यो साइटलाई कभर गरेर राखेको थियो ।

रिपोर्ट सार्वजनिक भएपछि युएइले पनि यस विषयमा सफाइ दिएको छ । संयुक्त अरब इमिरेट्सले चीनले गरिरहेको निर्माणबारे आफूलाई कुनै पनि जानकारी नभएको बताएको छ । चीनको यो कदमबाट दुई पुराना सहयोगीहरुको बीचमा दरार बढ्न थालेको देखिएको छ । युएइले यस मुद्दामा अमेरिकासँग बैठक सुरु गरेको छ । युएइले प्रस्ट रुपमा गोप्य सैन्य बेसको लागि आफूले चीनसँग कुनै करार नगरेको बताएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *