अमेरिकाको सडकमा डलर बर्सियो, मानिसहरु गाडी रोकेर बटुल्न थाले, २ घण्टा सडक जाम

डिसी नेपाल
५ मंसिर २०७८ १२:०४

काठमाडौं। अमेरिकाको क्यालिफोर्नियामा शुक्रबार एउटा रोचक घटना भयो । कार्ल्सब्याड हाइवेमा गुडिरहेको एउटा ट्रकको पछाडिको ढोका अचानक खुल्यो र त्यहाँबाट डलर भरिएका कैयौं ब्यागहरु हावामा उडे । त्यसपछि उछिट्टिएका ब्यागहरुबाट डलरका नोटहरु सडकमा उड्न थाले । केही बेरका लागि सडकमा नोटको वर्षा भइरहेको जस्तो देखियो ।

यस क्रममा सडकबाट गइरहेका मानिसहरुले आफ्नो गाडी रोखेर डलर बटुल्न थाले । जो जहाँ थिए त्यहीँ रोकिए र नोट जम्मा गर्न थाले । यस क्रममा सडक पूरै जाम भयो । पुलिस अधिकारीका अनुसार घटना शुक्रबार बिहान सवा ९ बजेतिरको हो । ट्रक सान डिएगोबाट फेडरल डिपोजित इन्स्योरेन्स कर्पको एक अफिसतिर गइरहेको थियो । डलर छरिएपछि मानिसहरुले बटुल्दा ट्रक ड्राइभरले विरोध गर्दा मानिसहरुले ड्राइभरलाई नै कुट्न खोजे ।

 

View this post on Instagram

 

A post shared by DEMI BAGBY (@demibagby)

क्यालिफोर्नियाका हाइवे पट्रोल सार्जेन्ट कर्टिस मार्टिनका अनुसार ब्यागहरुमा एक डलर र २० डलरका नोटहरु थिए । पुलिसले घटनाबारे जानकारी पाएपछि हाइवेको दुवैतर्फ सिल गरेको थियो । पुलिसले घटनास्थलबाट बाहिरिने मानिसहरुको जाँचको लागि सडक सिल गरेको थियो । २ घण्टापछि सडकलाई सामान्य रुपमा खोलियो ।

पुलिसले मानिसहरुलाई डलर फिर्ता दिन अपिल गरेको थियो । यस क्रममा केहीले बटुलेका नोट फिर्ता दिए । केही भने पैसा लिएरै कारमा बसे र फरार भए । पुलिसलदे यसरी भागेका मानिसहरुलाई त्यो पैसा फिर्ता दिन अन्यथा कानुनी कारवाहीको लागि तयार रहन चेतावनी दिएको छ । संघीय जाँच ब्युरोले घटनाको जाँच गरिरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *