२६ वर्षका युवाले तास खेलेर जिते ४० करोड रुपैयाँ

डिसी नेपाल
५ मंसिर २०७८ १६:२६

काठमाडौं। जगुआर ल्याण्ड रोभरमा वित्तिय विश्लेषकको रुपमा काम गर्ने २६ वर्षका ज्याक ओलिभरले तास खेलेर २.५ मिलियन पाउण्ड (४० करोड रुपैयाँ) जितेका छन् । तासको एउटा ठूलो प्रतियोगिताको फाइनलसम्म पुगेर उनले यो पुरस्कार जितेका हुन् । ज्याक खेलेको हेर्न उनकी गर्लफ्रेण्ड पनि आएकी थिइन् । उनले ज्याकको हैसला पनि बढाइन् ।

डेली मिररको रिपोर्टअनुसार प्रतियोगितामा ज्याक तेस्रो स्थानमा रहे । जित हात पारेपछि ज्याकले भने ‘मलाई लाग्छ मैले धेरै राम्रो खेलें र यही कुरा मेरो लागि महत्वपूर्ण छ । निसन्देह यो केही अर्थमा मेरो जीवन नै बदल्नेवाला छ । यो धेरै पैसा हो तर यो केरो लागि सबैथोक होइन । म यो खेललाई माया गर्छु र भविष्यमा पनि खेल्न जारी राख्नेछु । मलाई आशा छ आगामी वर्षमा म अझै धेरै पोकर खेल्नेछु ।’

इङल्याण्डको हर्टफोर्डशायरको सेन्ट एल्बसका ज्याकलाई विश्वविद्यालयमा बिजनेस म्यानेजमेन्टको पढाइको क्रममा पोकरप्रति आकर्षण बढेको थियो । गत वर्ष उनको कूल पोकर आम्दानी ८७ हजार पाउण्ड थियो । यसमा शीर्ष पुरस्कार २० हजार पाउण्ड थियो । यो पोकर प्रतियोगितामा ६ हजार ६५० खेलाडीले भाग लिएका थिए ।

यो प्रतियोगितामा सबै खेलाडीहरुलाई खेल सुरु गर्नको लागि समान संख्यामा चिप्स दिइन्छ । ज्याक ७ करोड ७३ लाख चिप्सका साथ अन्तिम ३ मा प्रवेश गर्न सफल रहे । उनलाई अमेरिकी मूलका जर्ज होम्सले आउट गरिदिए । होम्सलाई जर्मनीका कोरे एल्डेमिरले आउट गरे । पहिलो भएका एल्डेमिरले ६ मिलियन पाउण्ड पुरस्कार जिते ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *