डेढ महिनापछि वाणिज्य विभागले पायो महानिर्देशक
काठमाडौं ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आपूर्ति महाशाखा प्रमुख रहेका प्रेमकुमार श्रेष्ठले नयाँ जिम्मेवारी पाएका छन्। उनी वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको महानिर्देशकमा नियुक्त भएका हुन् ।
पद खाली भएको डेढ महिनापछि मन्त्रालयले श्रेष्ठलाई महानिर्देशकका रुपमा पठाएको हो । तत्कालिन प्रमुख प्रकाश पौडेल आन्तरिक राजश्व विभाग गएपछि महानिर्देशकको पद खाली थियो । मन्त्रालयमा मन्त्री नभएका कारण महानिर्देशक पठाउन नसकेको भन्दै मन्त्रालयले डेढ महिनादेखि विभाग निमित्तको भरमा सञ्चालन गरेको थियो ।
सचिवस्तरीय निर्णयबाट आपूर्ति शाखा प्रमुख रहेका श्रेष्ठलाई विभागमा पठाएको मन्त्रालयकी सहप्रवक्ता उर्मिला केसीले बताइन् । श्रेष्ठले आजैदेखि विभागको जिम्मेवारी सम्हालेका हुन् ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment