कोषका अध्यक्ष भट्टराईको बिदाइ – Dcnepal

कोषका अध्यक्ष भट्टराईको बिदाइ

काठमाडौँ ।नागरिक लगानी कोषले अध्यक्ष प्राडा रामचन्द्र भट्टराई र कोष सञ्चालक चन्द्रसिंह साउदलाई बिदाइ गरेको छ ।

कोषका अध्यक्ष डा भट्टराईलाई २०७५ असोज २१ मा मन्त्रिपरिषद्ले मनोनयन गरेको थियो । उमेर हदका कारण अर्थ मन्त्रालयको गत कात्तिक २८ को पत्रानुसार डा भट्टराईको पदावधि समाप्त भएको हो ।

बिदाइ कार्यक्रममा डा भट्टराईले बोर्ड र कार्यकारी निर्देशकबीचको सम्बन्धलाई निरन्तरता दिनुपर्ने बताउँदै आफूले ३७ महिनाको कार्यकालमा धेरै नै बिषय सिक्न पाएको बताए । त्यसैगरी सञ्चालक साउदले आफ्नो कार्यकालमा गरेको सहयोगका लागि सबै सञ्चालकलाई धन्यवाद दिए । कार्यक्रममा कोषका कार्यकारी निर्देशक रमण नेपालले कोषका अध्यक्ष र सञ्चालकले पुर्‍याएको सहयोगको प्रशंसा गर्दै संस्थाको कामलाई विधिसम्मत तरिकाले अघि बढाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो