परिणाम देखिने गरी काम गर्छौं: मुख्यमन्त्री केसी

डिसी नेपाल
५ मंसिर २०७८ २१:१६

काठमाडौं ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले सरकारले प्रभावकारी ढङ्गले बजेट कार्यान्वयन गरेर जनताको आकाङ्क्षा पूरा गर्ने बताएका छन्।

नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाले तानसेनमा गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले प्रदेश सरकारले ल्याएको बजेटलाई प्रभावकारी कार्यान्वयन गरेर सरकारले परिणाम दिने गरी काम गर्ने बताएका हुन् । उनले भने, “बजेट खर्चका नाममा खर्च मात्र होइन, बजेटबाट परिणाम देखिने गरी सरकारले काम आगाडि बढाएको छ ।”

मुख्यमन्त्री केसीले प्रदेश सरकारले अध्यादेशबाट ल्याएको बजेटलाई परिमार्जन गरेर वर्तमान सरकारले जनताको आवश्यकताका आधारमा बजेट बनाएको उल्लेख गर्दै सरकारले विपद्बाट क्षति पुर्‍याएका किसानलाई क्षतिपूर्ति दिने र बाढीपहिराबाट प्रभावित जनतालाई राहत दिने विशेष योजना ल्याएर सम्बोधन गर्ने जानकारी दिए ।

उनले कोरोनाबाट प्रभावित विद्यालय क्षेत्रलाई नियमित सञ्चालन गर्न बालबालिकाका लागि आवश्यक खोपको व्यवस्थापनका लागि सरकारले पहल गरिरहेको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *