अफगान महिलालाई टेलिभिजन नाटकमा रोक, यी हुन तालिबानले लगाएका नयाँ प्रतिबन्ध

डिसी नेपाल
६ मंसिर २०७८ १०:४३

काबुल। अफगानिस्तानमा महिलालाई टेलिभिजन नाटकमा अभिनय गर्न प्रतिबन्ध लगाइएको छ। तालिबान सरकारले एउटा नयाँ निर्देशिका जारी गर्दै महिलालाई टेलिभिजन नाटकमा प्रतिबन्ध लगाएको हो। त्यस्तै, महिला पत्रकार र टेलिभिजन प्रस्तोतालाई सम्पूर्ण अनुहार छोप्ने बस्त्र लगाउन निर्देशन दिइएको छ।

अफगानिस्तान टेलिभिजन च्यानलका लागि जारी गरिएको निर्देशिकामा आठ ओटा नयाँ नियम छन्। जसअनुसार मुसलमानहरुको मूल्य र मान्यताविपरीत वा शारिया सिद्धान्तविरोधी फिल्मदेखि कमेडी शृंखला प्रसारणमा रोक लगाइएको छ।

मुस्लिम धर्म वा आमअफगानिका लागि अपमानित हुने हास्य तथा रमाइला कार्यक्रममाथि पनि प्रतिबन्ध लगाइएको छ। विदेशी सांस्कृतिक मूल्य र मान्यता प्रबद्र्धन हुने चलचित्रलाई प्रतिबन्ध लगाउन तालिबानले जोड दिँदै आएको छ।

अफगान टेलिभिजन च्यानहरुले प्रायः विदेशी नाटक प्रसारण गर्छन्। ती नाटकहरुमा अफगान महिलाहरु मुख्य भूमिकामा देखिन्छन्।

अफगानिस्तानको पत्रकारहरुको संगठनका सदस्य हुजातुल्लाह मुजाडेडीले नयाँ प्रतिबन्ध अप्रत्यासित भएको प्रतिकृया दिएका छन् । उनले तालिबानले ल्याएका कतिपय नियम अव्यवहारिक भएको र त्यसलाई कार्यान्वयन गरिएमा प्रसारण माध्यम नै बन्द हुने बताएका छन्।

यसअघि तालिबानले महिलालाई बिद्यालय जान रोक लगाएको थियो। देशको आधाभन्दा बढी जनसंख्यालाई विद्यालयमा प्रतिबन्ध लगाउने अफगानिस्तान विश्वकै पहिलो देश हो।
सत्ता सम्हालेपछि तालिबानले राजधानी काबुलस्थित महानगरका कर्मचारीलाई बेतलबी बिदामा घरमै बस्न आदेश दिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *