अमेरिकामा होलीडे परेडको भिडमा कार जोतिँदा धेरैको मृत्यु

डिसी नेपाल
६ मंसिर २०७८ १०:४६

काठमाडौं। अमेरिकाको विस्कन्सिनमा होलीडे परेडमा एसयुभी कार गएर जोतिँदा धेरैको मृत्यु भएको पुलिसले बताएको छ । वाउकेसा सहरको घटनामा अनलाइन जारी भएका फुटेजमा रातो रंगको एसयुभी कार देखिन्छ । पुलिस प्रमुख ड्यान थम्पसनका अनुसार गाडीले बालबालिकासहित २० जनाभन्दा धेरैलाई हिर्काएको थियो ।

उनले घटनामा मानिसहरु मरेको पुष्टि गरेका छन् तर मर्नेका परिवारलाई यसबारे जानकारी नदिँदासम्म यसबारे थप विवरण उपलब्ध नगराइने बताएका छन् । स्थानीय एन्जेटिलो टेनोरियोले मिल्वाउकी जर्नल सेन्टिनल अखबारलाई बताएअनुसार घटना हुँदा उनले भर्खर मार्च पूरा गरेका थिए ।

सीएनएनका अनुसार यो घटनाबारे राष्ट्रपति जो बाइडेनलाई ब्रिफिङ गरिएको छ । वाउकेसा पुलिस प्रमुख थम्पसनका अनुसार पुलिसले मृत्यु भएकाहरुको यकिन विवरणका लागि मेडिकल विशेषज्ञहरुसँग मिलेर काम गरिरहेका छन् । उनका अनुसार सडक कम्तीमा २४ घण्टाको लागि बन्द रहनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *