५ हजार महिलासँग शारीरिक सम्बन्ध राखेका र सबैको सूची बनाएका अर्बपतिमाथि मुद्दा

डिसी नेपाल
६ मंसिर २०७८ ११:०९

काठमाडौं। अमेरिकाका एक अर्बपति व्यापारी माइकल गोगुएनमाथि ५ हजार महिलाहरुको स्प्रेडशीट विवरण बनाएर राखेको आरोप लागेको छ । दावीअनुसार यो सूचीमा जुन महिलाहरुको विवरण थियो ती सबै महिलाहरुसँग उनले शारीरिक सम्बन्ध राखेका थिए । यी अर्बपतिमाथि उनका पूर्व कर्मचारीहरुले मुद्दा हालेका हुन् र मुद्दासँग सम्बन्धित दस्तावेजमा उनको कर्तुतको खुलासा भएको हो ।

माइकल गोगुएन भेन्चर यन्भेस्टमेन्ट फर्म सिकोइया क्यापिटलमा पार्टनर रहिसकेका छन् र अहिले उनी आफैं फर्म चलाउँछन् । उनीमाथि यसअघि पनि यौन शोषणका आरोप लागिसकेका छन् । उनी विवाहित हुन् र २ सन्तानमा पिता पनि हुन् । उनी ५७ वर्षका छन् । उनीविरुद्ध उनका ४ जना पूर्व कर्मचारीहरुले मुद्दा दर्ता गराएका हुन् ।

यी पूर्वकर्मचारीहरुको दावीअनुसार माइकलले कथित रुपमा आफ्नो ‘हरम’को रेखदेख गर्नको लागि उनीहरुसँग सहयोग मागेका थिए । ‘हरम’ त्यो ठाउँलाई भनिन्छ जहाँ एक वा एकभन्दा धेरै महिलाहरु वा पत्नीहरुलाई राखिन्छ । डेलीस्टारको रिपोर्टअनुसार पूर्व कर्मचारीहरुले १३५ पानाको आरोपपत्रमा गोगुएनमाथि उनी कैयौं विलासी र गुप्त घरका मालिक भएको आरोप लगाएका छन् ।

यी घरहरुमा उनी युवतीहरुलाई शारीरिक सम्बन्धको लागि लैजान्थे । उनका पूर्व कर्मचारीहरुको दावीअनुसार उनको बारको बेसमेन्टमा एउटा ‘बुम बुम’ कोठा पनि छ जसमा एउटा स्ट्रिपर पोल छ । यो उनको मोन्टानाको ह्वाइटफिसमा रहेको घरमा छ जुन घरमा उनी अहिले बस्छन् । यसअघि २०१६ मा गोगुएनमाथि उनकी गर्लफ्रेण्ड एम्बर ब्पाप्टिस्टरले लगातार यौन शोषणको आरोप लगाएकी थिइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *