अमेरिकामा कारले हानेर ५ जना मारिएको र ४० घाइते भएको पुष्टि, हेर्नुहोस् घटनाको भिडियो

डिसी नेपाल
६ मंसिर २०७८ १३:३०

काठमाडौं। अमेरिकाको विस्कन्सिनमा होलीडे परेडमा एसयुभी कार गएर जोतिँदा ५ जनाको मृत्यु भएको र ४० जनाभन्दा धेरै घाइते भएको पुलिसले पुष्टि गरेको छ । वाउकेसा सहरको घटनामा अनलाइन जारी भएका फुटेजमा रातो रंगको एसयुभी कारले काटोमा हिँडिरहेका मानिसहरुलाई कुल्चिँदै गएको देखिन्छ ।

वाउकेसा पुलिस प्रमुख ड्यान थम्पसनका अनुसार आइतबार बेलुका सयौंको संख्यामा मानिसहरुले सडकमा क्रिसमस परेड निकालेका थिए । यही क्रममा तीब्र गतिमा आएको एसयुभी कारले परेडमा सहभागी मानिसहरुलाई कुल्चिँदै गयो । घटनामा कम्तीमा ५ जनाको मृत्यु भएको छ र ४० जनाभन्दा धेरै घाइते भएका छन् ।

एसयुभी कारलाई रोक्नको लागि अधिकारीहरुले गोली समेत चलाएको बताइएको छ । घटनापछि सोमबार यहाँ स्कुल खुल्ने छैनन् र सडकहरु पनि बन्द रहनेछन् । थम्पसनका अनुसार कार पत्ता लागेको छ र यसको आरोपमा हएक जना व्यक्तिलाई पक्राउ पनि गरिएको छ । सुरुवाती जाँचमा यी कार चालक कुनै अपराध गरेर भागिरहेको हुन सक्ने अनुमान गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *