संसारकै धनी कुकुरले आफ्नो ३ अर्ब ६७ करोडको भव्य घर बेच्दै

डिसी नेपाल
६ मंसिर २०७८ १५:२४

काठमाडौं। संसारकै सबैभन्दा धनी कुकुरले आफ्नो ३ अर्ब ६७ करोड रुपैयाँ मूल्य पर्ने घर बेच्दैछ । अमेरिकाको फ्लोरिडा राज्यको मियामीमा रहेको यो भव्य घर कुनै समय प्रसिद्ध गायिका म्याडोनाको थियो । यो अर्बपति कुकुरको नाम गन्थर–६ हो । यो कुकुर जर्मन शेफर्ड प्रजातिको हो ।

यो कुकुरले बेच्न लागेको भव्य हवेलीमा ९ बेडरुमसहितको वाटरफ्रन्ट घर पनि छ । रिपोर्टका अनुसार गन्थर ६ को पूर्वज गन्थर ३ ले धेरै वर्ष पहिले आफ्नी मालिक्नी कार्लोटा लिबेन्स्टिनको मृत्युपछि अरबौं डलरको सम्पत्ति पाएको थियो । गन्थर ३ ले यो सम्पत्ति १९९२ मा पाएको थियो । गन्थर ३ को मृत्युपछि यो सम्पत्ति गन्थर ४ को भयो ।

गन्थर परिवारको हेरचाह गर्नको लागि एउटा टिम बनाइएको छ । गन्थर ४ धनाढ्यले जस्तै जीवन बिताउँछ । उसको सेवाको लागि कैयौं कामदार पनि राखिएका छन् । बिस्केन बेको दृश्यसहितको मियामी भिलाको लिभिङ रुसको चिम्निीमाथि गन्थर ४ को सुनको जलप लगाइएको तस्वीर पनि राखिएको छ ।

यो भव्य भिला मियामिको पश इलाकामा छ । यो भिलाबाट निकै अद्भूत दृश्य देखिन्छ । यसको आसपार धेरै रुखहरु छन् । यहाँबाट पूरै सहरको दृश्य पनि देखिन्छ । यो भव्य भिलामा ९ बेडरुम र ८ बाथरुम छन् । बाहिर एउटा शानदार स्विमिङ पुल पनि छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *